kathamandu

भुमि फिर्ता गर्न माग गर्दै विद्यार्थीको आन्दोलन

कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले विरोध ¥याली गरेका छन् । नेपाल विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा आज गरिएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाइएको थियो । एक सय ५० भन्दा बढी विद्यार्थीसहित मित्रपार्कबाट शुरु गरिएको विरोध ¥याली चाबहिल चोकलाई परिक्रमा गरी पशुपति क्याम्पसमा आएर कोणसभामा… पुरा पढौ

बस दुर्घटनाका घाइते भेट्न देउवा अस्पतालमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका घाइतेहरूलाई भेटेर स्वास्थ्य अवस्था र उपचारका प्रबन्धका बारेमा जानकारी लिएका छन्। सभापति देउवा सोमबार बिहान काभ्रेको धुलिखेल सामुदायिक अस्पतालमा पुगेर सुकुटे बस दुर्घटनाका घाइतेहरूलाई भेटि उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जानकारी दिएका छन्। देउवाले घाइतेका आफन्तजन र अस्पतालका चिकित्सकहरूसँग भेट गरी घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदै सार्वजनिक यातायातलाई भरपर्दो र सुरक्षित बनाउन तथा… पुरा पढौ

इपिएल विजेताले २५ लाख पाउने

यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)कोविजेता टोलीले रु २५ लाख पाउने भएको छ । आयोजकइपिएल प्रालिले विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको प्रतियोगिताको लिगचरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो । गत वर्ष इपिएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो । गतवर्षको पुरस्काररकम भन्दा यसवर्ष रु चार लाख वृद्धि गरिएको छ । प्रतियोगिताको उपविजेताले रु १० लाखपाउनेछ । प्रतियोगिताका उत्कृष्ट… पुरा पढौ

राजधानी तत्काल तोकिँदैन : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा राजधानी तोक्दा भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने बताउँदै एक वर्ष अगाडि राजधानी परिवर्तन नगरिने र आगामी पुसभित्रै प्रदेशको नामाकरण गरिने बताए । उनले भने, “करीब दश महीनाको अवधिमा हामीले सारा संरचना तयार गरेका छौँ, १३ वटै जिल्लामा हाम्रा कार्यालय स्थापना भइसकेका छन्… पुरा पढौ

बेहोस नपारी ट्युमर निकालियो

मिर्गी रोग (छारे रोग) भएका २२ वर्षीय सर्फराजकोमस्तिष्कबाट ट्युमर निकाल्न नेपाली चिकित्सक सफल भएका छन् ।  बाँसबारीस्थित उपेन्द्रदेवकोटा स्मृति नसारोग अस्पतालले बेहोस नपारी पहिलोपटक मस्तिष्कको शल्यक्रियाबाटबोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको आज आयोजित पत्रकार सम्मेलनमाजानकारी दिइयो । नसारोगविज्ञेषज्ञ डा प्रत्युश श्रेष्ठ, डा सुरेश विक, डा भुषणकालु श्रेष्ठ, डा शिखा श्रेष्ठ, डा सुरज थुलुङ, डा सुरेश सापकोटा, डा सुमन रिजाल र डा लेखजङ्गथापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया गरेका थिए । बेहोस… पुरा पढौ

त्रिभुवन विश्वविद्यालयमा धर्म परिवर्तन सभा

त्रिभुवन विश्वविद्यालय वातावरण तथा विज्ञान संकायमा भएको किस्चियन धार्मिक प्रवचन कार्यक्रम विद्यार्थीको विरोधमा बिथोलिएको छ । वातावरण तथा विज्ञान संकायले अडिटोरियम हलमा गरेको धर्म रुपान्तरण सम्बन्धी प्रवचन कार्यक्रम नेपाल विद्यार्थी संघ र नयाँ शक्ति पार्टी नजिकका विद्यार्थीहरुले विथोलेका हुन्। त्रिविको हातामा धार्मिक कार्यक्रम गर्न नपाइने भन्दै कार्यक्रम हस्तक्षेप गरेको त्रिवि नेविसंघ इकाइ सभापति हरी आचार्यले बताए । उक्त संकाय प्रमुख प्रा डा रोजिना मास्केले बोल्दै गर्दा विद्यार्थीहरुले ब्यानर च्यातेका थिए… पुरा पढौ

हिन्दूराष्ट्र बनाउन फागुन ७ बाट जनसंघर्ष : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताएका छन् । विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय जनता पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्ने उनले बताए । मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार भएको दाबी गरे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं