karmachari

हेलमेट प्रहार गरी पैसा लुटियो

भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका छन् । प्रहरीका अनुसार दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका छन् । रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योगतर्फ मोटरसाईकलमा जाँदै गर्दा त्रिपाठीलाई हेलमेटले टाउकोमा प्रहार गरि रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । २ जनाले उक्त रकम लुटेर लगेको छन्। मोटरसाइकलमा सवार त्रिपाठीले पैसासहितको… पुरा पढौ

यातायत कार्यालयका तीन कर्मचारी घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्टसहित ३ जनालाई घूस र स्रोत नखुलेको रकम लिएको आरोपमा पक्राउ गरेको छ । निमित्त प्रमुख सिंह सँगै अधिकृतहरु भुवन जोशी र जयराज कारीगरलाई पक्रउ गरेको हो । उनीहरुलाई सेवाग्राहीको गाडी विक्री गरी नामसारी गरिदिएबापत रू. १ हजार ५०० र स्रोत नखुलेको रू. १ लाख ५१ हजार बोकी हिँडेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ । उनीहरुलाई… पुरा पढौ

अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित

पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् । आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको नेपाल स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारी युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । अस्पतालको आयव्यय सार्वजनिक… पुरा पढौ

‘संयुक्त राष्ट्रसंघका कर्मचारी यौन शोषणको शिकार’

एजेन्सी– संयुक्त राष्ट्रसंघका करिब एक तिहाइ कर्मचारी पछिल्लो दुई वर्षमा यौन शोषणको शिकार भएको तथ्यांक सार्वजनिक भएको छ । दुव्र्यवहारको बारेमा संयुक्त राष्ट्र संघमा गरिएको यो सर्वेक्षण पहिलो हो ।  नोभेम्बरमा गरिएको सर्वेक्षणमा ३०,३६४ कर्मचारीहरू सहभागी थिए।  सर्वेक्षणको नतिजाअनुसार पछिल्लो दुई वर्षमा करिब ३३ प्रतिशत कर्मचारी कम्तिमा एक पटक यौन शोषणमा परेका छन् । यौन दुव्र्यवहार गर्ने तीन व्यक्तिमा दुई पुरुष र चार व्यक्तिमा एक निरिक्षक वा प्रबन्धक भएको रिपोर्टमा उल्लेख छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं