kaidi

कारागारभित्रै कैदी मृत फेला

अछाम जिल्ला कारागारमा सुतिरहेका एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन्। मंगलबा बिहान ढिलोसम्म नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिएका छन् । मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शवपरीक्षण गरिने जनाइएको छ। मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको… पुरा पढौ

भरतपुरका एक कैदीको उपचारको क्रममा मृत्यु

कारागार कार्यालय भरतपुरका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुघर भई कास्कीको पोखरा बस्ने ५६ वर्षीय अर्जुन सुनार रहेका छन् । क्यान्सरका रोगबाट पीडित उनलाई जेठ ११ गते उपचारका लागि चितवन ल्याइएको थियो । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सुनारको उपचारकै क्रममा बुधबार राति क्यान्सर अस्पताल चितवनमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । पुरा पढौ

मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु

चालू आर्थिक वर्ष २०७५–७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् ।  कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए । ‘रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो’, उनले भने ।  सरकारले कैदीको उपचारका लागि केन्द्रीय… पुरा पढौ

कैदीका लागि पुस्तकालय

प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने भएको छ । प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, मानअधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार युवालगायत पुस्तकालय निर्माण अभियानमा जुटेका छन् । कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक दिने नमूना योजनाबमोजिम प्रदेश सरकारल बुधबार जुम्ला कारागारमा पुस्तकालयका लागि पुस्तक सङ्कलन अभियान शुरु गरेकोे हो । ‘कारागारका बन्दीको अर्को संसार कहाँ छ ? त्यो संसार किताबमा छ’ भन्ने मूल नाराका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं