jumla

जुम्लामा पुनः हिमपात

जुम्लामा शुक्रबार बिहानदेखि पुनः हिमपात भएको छ। यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो। लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ। बिहानैदेखि परेको हिउँले फेरि डाँडाकाँडा सबै सेताम्मे बनाएको छ। चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ। हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ। लगातार पानी र हिउँबाट बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक–पटक सूचनासमेत जारी गर्दै आएको छ। चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका… पुरा पढौ

गोठमा आगलागीमा हुँदा महिलाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । गएराति प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा गोरु फुकाउन गएकी उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको निस्सासिएर प्रेमकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको हो । आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेर नष्ट भएको छ । आगलागी हुनाका कारण र क्षतिको विवरणबारे मुचुल्का उठाउन प्रहरीको टोली जिल्लाबाट घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । पुरा पढौ

हराएको बालक स्कुल पोशाकसहित मृत फेला

जुम्लामा हप्ता दिनअघि हराएका ९ वर्षीय बालक मृत फेला परेका छन् । पातारासी गाउँपालिका–५ का सुवास बोहोरा बिहीबार चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा स्कुल झोला र पोशाकसँगै मृत अवस्थामा फेला परेका हुन् । हराएका बालकको खोजी कार्य गर्दा जवा नदीमा शव फेला परेको हो । उक्त बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताएका छन् । पुरा पढौ

जुम्लाबाट ३४ करोडको स्याउ निर्यात

विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै जुम्लाबाट छ हजार पाँच सय मेट्रिक टन स्याउ निर्यात गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात भएको बताएका छन् । पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको हो ।जुम्लाका साढे १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन् । स्याउको आम्दानी… पुरा पढौ

२० हजार नेपाली काम खोज्न ‘कालापहाड’तिर

यतिबेला जुम्ला सिञ्जा क्षेत्रका पुरुष धन कमाउन भारत जाने गरेका छन् । पुरुष सबै भारततिर गएपछि गाउँ महिलामय भएको छ । जुम्लाका अधिकांश गाउँमा अहिले महिला तथा वृद्धवृद्वा मात्रै भेटिन्छन् । त्यसमध्येको एक प्रतिनिधि गाउँ हो यहाँको कोइरेली गाउँ । कोइरेली गाउँमा युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाले मात्र गाउँ कुरिरहेका छन् । कोइरेली गाउँका हरेक बस्तीमा अहिले पुरुष भेटाउन असम्भव छ । गाउँमा पुरुष नहुँदा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं