jhapa

७ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

आफ्नै ७ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्। झापाको कानकाई नगरपालिका-१ का ३० वर्षीय बुबालाई रक्सी खाएर छोरीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। केही वर्षअघि आमा अर्कैसँग गएपछि हजुरबुबा र हजुरआमासँग बस्दै आएकी बालिकालाई हजुरआमा पनि अशक्त रहेको अवस्थामा आफूसँग सुत्न बोलाएर करणी गरेका थिए। उनीविरुद्ध मंगलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। पुरा पढौ

ढाकाटोपी र रुद्राक्षको मालाले पर्यटकलाई सम्मान

झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को बुधबार बिहान उद्घाटन गरिएको छ । नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय नागरिक प्रिंयका मल्लिक, पिंकी मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई ढाकाटोपी र रुद्राक्षको माला लगाएर कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद राम कार्की, प्रदेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलगायतले सम्मान गरेका थिए। मेचीनगर पर्यटन समितिको… पुरा पढौ

चिसाे बढेपछि विद्यालय बन्द

चिसो अत्यधिक बढेपछि झापाको दमक नगरपालिकाभित्रका सबै विद्यालय सोमबार तीन दिनका लागि बन्द भएका छन् । नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकोले दैनिक पठनपाठनमा असहज भएको हुँदा पुस ९ गतेसम्मका लागि नगरका सबै विद्यालय बिदा गर्न सूचित गरेको हो । अन्य बिदामा मिलान गर्ने गरी बिदा दिन नगरपालिकाको सूचनामा भनिएको छ । त्यस सूचनासँगै नगरका तीन दर्जनभन्दा बढी विद्यालय बन्द भएको जनाइएको… पुरा पढौ

भद्रपुर विमानस्थल पुनः सञ्चालनमा

झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ। चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तार, भवनको स्तरोन्नतिलगायतका काम सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो। गत कात्तिक २६ गतेदेखि मङ्सिर ५ गतेसम्म मर्मत तथा स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको थियो। विमानस्थलको एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताएका… पुरा पढौ

बालुवाको विवादमा खुकुरी प्रहार हुदा १ घाइते

झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका हुन् । उनको बाँया हातमा चोट लागेको छ । मेचीनगर–९ का ३६ वर्षीय दीपक तामाङ र निखिल भन्ने… पुरा पढौ

भद्रपुर विमानस्थल १० दिनका लागि बन्द गरिने

झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थल १० दिनका लागि बन्द गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, नियमित मर्मत सम्भारका लागि यो विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द गर्न लागिएको छ । यससँगै अब झापामा हुने उडान अवतरण १० दिन ठप्प हुनेछ । यहाँ साविकमा भइरहेका उडानलाई कम्पनीहरूले भने विराटनगरमा सार्ने भएका छन् । वायुसेवा सञ्चालक संघ (आयोन)ले झापाको भद्रपुरबाट भइरहेका उडान अब विकल्पका रूपमा विराटनगरबाट हुने जानकारी दिएको छ… पुरा पढौ

करेन्ट लागेर १ को मृत्यु

झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्युहुनेमा अर्जुनधारा–३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेका छन्। आफ्नै घरको विद्युत्को तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका सेन्चुरीलाई उपचारका लागि अर्जुनधारास्थित शंकर अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । पुरा पढौ

जग्गा कीर्ते गरेर करोडौं ठगी गर्ने ६ पक्राउ

नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनियर भेषराज खत्री, मोरङ बेलबारी–३ का इञ्जिनीयर कर्ण चामलिङ, मकवानपुर हेटौँडा–४ घर भई काठमाडौं–३१ नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौं–३ महराजगञ्ज चक्रपथका भूपेन्द्र श्रेष्ठ, चितवन भण्डारा–९ घर… पुरा पढौ

हात्ती धपाउन लगाइएको करेन्ट लागेर २ को मृत्यु

झापास्थित बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर शनिबार बिहान मामा र भान्जाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका बताएका छन् । दुवै जना शनिबार बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएका थिए । माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय… पुरा पढौ

लिफ्टले थिचेर एक युवकको मृत्यु

लिफ्टले थिचेर झापाका एक युवकको मृत्यु भएको छ । लिफ्ट मर्मत गर्ने क्रममा लिफ्ट आकास्मात चलेपछि काम गरिहेका पाँचथर घर भई दमक ८ बस्ने २५ बर्षीय सन्तोष मगरको मृत्यु भएको हो । झापाको दमकमा रहेको डिमेक्स कम्प्लेक्सको लिफट मर्मत गरिरहेका चाइन ग्रिलमा काम गर्दै आएका मजदुर राईको अकास्मात लिफ्ट सञ्चालन भएपछि थिचेर मृत्यु भएको प्रहरीले जनाएका छ । गम्भिर घाइत भएका राईलाई दमकस्थित लाइफलाइन अस्पतालमा पु¥याएको भए पनि उपचार हुन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं