janakpur

जनकपुरमा महिलामाथि सामूहिक बलात्कार

जनकपुरमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकमा सोमबार विहान अन्दाजी ३५ वर्षीया महिलामाथि बलात्कार भएको हो। बलात्कार आरोपमा प्रहरीले घटनास्थलबाटै महोत्तरीको औरही नगरपालिका ७ का २५ वर्षका नरेश महतो र भारत बिहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंहलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

लेन देनको विवादमा बुहारीको हत्या

आफ्नै भाइको श्रीमती( बुहारी) को हत्या गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जनकपुरमा उप–महानगरपालिका–२१ कूर्थाका अन्दाजी ४५ वर्षीय श्रीप्रसाद पंजियारलाई जिल्ला प्रहरी कार्यालय धनुषाले घटना पक्राउ गरेको हो । बुधवार अपरान्ह श्रीप्रसादले आफ्नै भाइ मिश्रीप्रसाद पंजियारकी ४० वर्षीया श्रीमती रानी देवी पंजियारलाई धारिलो हतियार प्रयोग गरी सख्त घाइते बनाएका थिए। घाइते रानीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो । मृतक रानीका श्रीमान् मिश्री पंजियार वैदेशिक रोजगारीमा… पुरा पढौ

मेडिसिटीद्वारा १ सयभन्दा बढीको पाठेघरको जाँच

जनकपुरमा आयोजना गरिएको वाउ फेस्टिभलको मेडिकल पार्टनरका रुपमा नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले मिथिलाका महिलाहरुको पाठेघरको जाँच गरेका छन् । मंसिर २० र २१ मा आयोजना गरिएको वाउ अर्थात विश्वका महिलाहरु नाम दिइएको फेस्टिभलमा स्वास्थ्य संगै विभिन्न विधामा अन्तत्र्रिmया, विचार गोष्ठि, सडक नाटक समेत प्रस्तुत गरिएको थियो । नेपाल मेडिसिटीको मोबाइल क्लिनिक सहितको चिकित्सकिय टोलीले महिलाहरुलाई स्तन क्यान्सर, पाठेघर तथा आंग खस्ने समस्या, र पाठेघरको मुखको क्यान्सर बारे मैथिली भाषामा… पुरा पढौ

सांसद साहलाई पक्राउ गर्न आदेश

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहविरुद्ध जिल्ला अदालत जनकपुरले पक्राउ पूर्जी जारी गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको हो । सोमबार वुद्ध एयरको काउन्टरमा साहले तोडफोड गरेपछि त्यस विषयमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरिएको हो । सासंद साहलाई पक्राउ गर्न काठमाण्डुमा पत्र पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए । खनालका अनुसार साहलाई… पुरा पढौ

लुटेरालाई गोली प्रहार गरी नियन्त्रणमा

जनकपुरधाममा लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा बिहीबार विहान करिब साढे ३ बजे पसलको सटर फोडेर लुटपाट गर्न लाग्दा प्रहरीले देखेपछि उनीहरु भाग्न खोजेका थिए तर ३ राउण्ड गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिएका छन् । पक्राउ पर्नेमा भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो। इलियास, सितामढी… पुरा पढौ

मेयर सञ्जालको कार्यक्रममा प्रवक्ता नेपाली सहभागी

नेपाल मेयर सञ्जालको चौंथो कार्यक्रम शुक्रबारदेखि जनकपुरमा सुरु भएको छ । नेपाल डेमोक्रेटिक इन्स्टिच्युट(एनडिआइ) को आयोजामा २ दिनसम्म हुने कार्यक्रममा पोखरा महानगरपालिकाको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष तथा महानगरका प्रवक्ता धनबहादुर नेपालीसहित ३ जना सहभागी छन् । पोखरा महानगरपालिकाका प्रवक्ता नेपालीसहित वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले र अधिकृत सविना गौतम कार्यक्रममा सहभागी भएको महानगरपालिकाले जनाएको छ । शनिबारसम्म चल्ने कार्यक्रममा विज्ञ परामर्श, स्थलगत भ्रमणको माध्यमबाट एक अर्काका नीतिगत दृष्टिकोण र… पुरा पढौ

३ महिनाभित्र जनकपुर–जयनगरमा रेल गुड्ने

(यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भएको जानकारी दिए ।’ भारत सरकारबाट लिजमा ल्याएर चलाउने कि भन्ने थियो,’ उनले भने, ‘पछि आफ्नै राष्ट्रिय ध्वजावाहक रेल चलाउने अन्तिम निर्णय भएको छ ।’ भारत सरकारबाट रेलको ‘स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए । ‘दुइटै रेल एकैचोटि… पुरा पढौ

रामपुरमा जनकपुरको झल्को

प्रसिद्ध धार्मिक नगरी जनकपुरको झझल्को दिनेगरी पाल्पाको रामपुर नगरपालिकामा रामजानकी मन्दिर निर्माण भइरहेको छ । पूर्वमा जनकपुर र पश्चिममा रामपुरलाई रामजानकी मन्दिरले चर्चित गराउने उद्देश्यले यहाँ उक्त मन्दिर निर्माण गर्न थालिएको हो । रामपुर नगरपालिका भित्रको धार्मिक क्षेत्रमा ठूलो योजनाका रूपमा निर्माण भइरहेको यो पहिलो मन्दिर मन्दिरलाई रामपुरवासीले चासो र महत्वका साथ लिएका छन् । विसं २०७६ को नामनवमीका दिन मन्दिरमा रामजानकीको मूर्ति प्रतिस्थापन गरिने रामजानकी मन्दिर विकास परिषद्का अध्यक्ष… पुरा पढौ

प्रदेश २ को सरकारलाई धक्का

प्रदेश २ संसद्ले पारित गरेको प्रहरी विधेयकलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले फिर्ता पठाएका छन् । प्रमाणीकरणका लागि प्रदेश प्रमुख कायस्थ समक्ष पेस गरिएको उक्त विधेयकका केही बुँदा संविधानसँग बाँझिएकाले संशोधन प्रयोजनका लागि पुनः संसदमै फिर्ता पठाइएको बताइएको छ।  प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रहरी ऐन संसदमा फिर्ता पठाइएको बारे आफू अनभिज्ञ रहेको बताए। उनले भने, ‘प्रदेश प्रहरी ऐन प्रमाणीकरणका लागि प्रदेश प्रमुखकहाँ पठाइएको छ। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं