jajarkot

जाजरकोटमा नयाँ प्रजातिको गिद्ध फेला

प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ। समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइ रहेको वारेकोट गाउँपालिका–१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो। जाजरकोटमा चरा, अन्य लोपोन्मुख जन्तुको संरक्षण तथा खोजीमा क्रियाशील गोविन्दबहादुर सिंहका अनुसार बारेकोट गाउँपालिकाको जंगलमा भेटिएको गिद्ध विश्वकै लोपोन्मुख चराका रुपमा रहेको छ। अरुभन्दा फरक गुण र स्वभाव गरेको यो राजगिद्ध नेपालको तराई भेगमा पाइने भए पनि जाजरकोटमा यसको वासस्थान रहेछ… पुरा पढौ

भत्किएका छाउगोठभित्र नभत्किएका मन

जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ। सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिकेकी थिइन्। पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्ने गरेको छ। अहिले सुमित्रा जस्तै गाउँका अधिकांश महिला छाउगोठ भत्काएर विगतको कुसंस्कारलाई सधैँका लागि अन्त्य गर्ने योजनामा छन्। गाउँमा पढेलेखेका युवा यो अभियानमा लागे पनि अघिल्लो पुस्ता भने छाउगाठ भत्काउने अभियानमा सक्रियताका साथ सहभागी भएको… पुरा पढौ

नागरिकता हेरर मात्र विवाह गराउन पण्डित सहमत

विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । उनले “वरबधुको जन्मदर्ता र नागरिकताको प्रमाण हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाइने निर्णय भएको छ,… पुरा पढौ

विप्लवबाट कुटिए नेकपाका कार्यकर्ता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिंहमाथि आक्रमण गरेको छ । बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको हो। आक्रमणमा परी प्रदेशसदस्य सिंहलाई बढी चोट लागेको आचार्यले जानकारी दिए। चन्द कार्यकर्ताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताएको… पुरा पढौ

माघीमा ‘देउडा’को रौनक

देउडा नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा गाइने प्रचलित लोकगायन शैली हो । यसलाई देउडा भाषा, देउडा गीत, लोक देउडा आदि नामले चिन्ने गरिन्छ । यो भाषा मूलत ः बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालीकोट, जुम्ला, मुगु, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा अवलम्बन गरेको पाइन्छ । जसलाई पश्चिमेली भाषामा गाइन्छ । यो सुदूरपश्चिम तथा कर्णाली प्रदेशको मौलिक संस्कृति पनि हो । सामाजिक उत्सव, मेला, मालिका, जात्रा, पर्व, शुभकार्य, नव… पुरा पढौ

संक्रान्तिमा सिस्नु हानाहान, मन मिले लगनगाँठो

परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाइन्छ । यसपालि पनि यो पर्व सुरु भएको छ । चेली, बुहारीले टाढा टाढाबाट माइती घरमा गएर मीठो, मसिनो खाने चलनसमेत छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी क्षेत्रको नलगाड नगरपालिका, बारेकोट गाउँपालिकामा सिस्नु हानाहान गरेर माघे सङ्क्रान्ति मनाउन टाढाटाढाबाट पाहुना पुगिसकेको पञ्च भयार माध्यमिक विद्यालय जिकुवाका शिक्षक वीरबहादुर खत्रीले बताए । विवाह गर्न मिल्ने नाता पर्नेहरूबीच बढी सिस्नु हानाहान गर्ने चलन छ… पुरा पढौ

जो नबार्न सिकाउँछन्, तीनै बार्छन् छाउ

जाजरकोटका अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायमै रहेको छ । देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण छाउ बार्ने गरेको पाइएको हो । जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने गरिएको छ । परम्परागत सोच र सामाजिक परम्पराको दवाबमा यस्तो गर्न बाध्य भएको शिक्षित परिवारले नै बताएका छन् । छाउगोठ बस्दा चिसोले समस्या हुने गरेको पीडित महिलाहरू बताउँछन् । जनप्रतिनिधिदेखि शिक्षक, राजनीतिक दलका परिवारमा… पुरा पढौ

समयमा उपचार नपाएर प्रहरीको ज्यान गयो

सुर्खेतको भेरी नगरपालिका– ४ छिन्चु घर भई नलगाड नगरपालिका–८ मैदेस्थित अस्थायी प्रहरी पोष्ट कार्यरत प्रहरी हवल्दार महोवीर खड्काको भिरबाट खसेर मृत्यु भएको छ ।  तीन जनाको टोलीसहित बिहीबार दिउँसो गस्तीमा गएका हवल्दार खड्का नलगाड नगरपालिका–८, गङ्थलेपाखाको भिरबाट एक्कासि चिप्लिएर तल खसेका थिए । घटनास्थलबाट प्रथमिक उपचार गर्ने ठाउँ रुकुमको आठबीसकोटस्थित नगर अस्पतालमा लिनका लागि गाडी नहुँदा स्टेचरमा लगिएको थियो ।  बिहीबार राति घाइते खड्कालाई कोहलपुर मेडिकल कलेज लगिए पनि उपचार… पुरा पढौ

अब झाडापखालाले मर्दैनन् जाजरकोटवासी !

जागरकोटको सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । समय, समयमा हुनेगरेका प्रकोप तथा जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि गाउँपालिकाले १८ लाख खर्च गरेर हेलिप्याड निर्माण गरेको शाहको भनाइ छ । गाउँपालिकाको नौ वडामा हेलिप्याड निर्माण भइसकेकाले चाहेको समयमा हवाई मार्गबाट सेवा दिन सकिने भएको छ । जुम्लाको सिमानासँग जोडिएको यो बारेकोट गाउँपालिका जिल्लाको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं