iran

इरानी एकमात्र ओलम्पिक विजेताद्वारा देश छोड्ने घोषणा

इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छन् । २१ वर्षीया किमियाले सामाजिक सन्जालमा लेखेर आफ्नो निर्णय सार्वजनिक गरेकी हुन् । उनले सन् २०१६ मा रियो ओलम्पिकमा ताइक्वान्दोमा कास्य पदक जित्दै इरानका लागि इतिहास रचेकी थिइन् । इरानमा प्रताडित लाखौं महिलाहरुमध्ये आफू पनि एक भएको बताउँदै उनले लेखेकी छन्, ‘म पाखण्ड, झूठ, अन्याय र चाप्लुसीको हिस्सा बन्न चाहँदैनँ ।’ किमिया हाल कहाँ छिन् भन्नेबारे आधिकारिक… पुरा पढौ

वेलायती राजदूत इरान प्रहरीद्धारा गिरफ्तार

युक्रेनी विमान दुर्घटनाका पीडितले गरेको श्रद्धाञ्जली सभा तथा प्रदर्शनमा सहभागी भएको भन्दै इरानका लागि बेलायती राजदूत रब मकेयरलाई इरानी प्रहरीले पक्राउ गरेको छ । बेलायतले भने यस्तो घटनालाई अन्तर्राष्ट्रि कानुनको ठाडो उल्लंघन भन्दै आपत्ति जनाएको छ । विदेशमन्त्री डोमिनिक राबले विज्ञप्ति निकाल्दै इरानले विना जानकारी र विना कारण आफ्ना राजदूतलाई पक्राउ गरेकोमा विरोध जनाएको हो । अमेरिकी फौजको आक्रमणमा इरानी कमाण्डर कुसाम सुलेमानी मारिएपछि इरानमा आक्रोश बढेको छ । यससँगै… पुरा पढौ

आक्रमणमा ८० अमेरिकी मारिएको इरानको दाबी

इरानले रकेट आक्रमणबाट ८० अमेरिकी सैनिक मारिएको दावी गरेको छ । बुधवार विहान इरानले इराकस्थित अमेरिकी सेनाको बेश क्याम्पमा गरेको मिसाइल आक्रमणमा परी ८० अमेरिकी सैनिक मृत्यु भएको इरानले आफ्नो सञ्चारमाध्यमबाट दावी गरेको छ । अमेरिकी सेनाले इरानका सैन्य जनरल कासिम सुलेमानीको ड्रोन आक्रमणबाट हत्या गरेपछि त्यसको बदला बुधवार विहान इराकमा रहेका दुई अमेरिकी सेनाको हवाई अड्डामा इरानले १३ रकेट आक्रमण गरेको थियो । अमेरिकाले आक्रमण भएको स्वीकार गरेपनि सैनिक… पुरा पढौ

ट्रम्पको टाउकोको मूल्य १० अर्ब !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य तोकिएको छ । इरानी जनरल कासिम सुलेमानीको अन्तिम संस्कारको क्रममा यो मूल्य तोकिएको हो । इरानले ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर करिब १० अर्ब नेपाली रुपैयाँ तोकेको बेलायती मिडिया मिररको एक रिपोर्टमा उल्लेख छ । जनरल सुलेमानीको अन्तिम संस्कार टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । यस क्रममा इरानको आधिकारिक प्रसारकले प्रत्येक इरानी नागरिकले एक डलर जम्मा गर्ने घोषणा गरेका छन् । यो रकम… पुरा पढौ

अमेरिकी कारबाहीमा मारिए इरानी बरिष्ठ कमाण्डर

अमेरिकाको विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एक जना बरिष्ठ कमाण्डर मारिएको बताइएको छ । बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको छ ।राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा सोलमानी मारिएको अमेरिकी रक्षा विभागले उल्लेख गरेको छ । हवाई आक्रमणमा परेर हिजबुल्लाका कमाण्डर अबु महदी अल मुहादिस समेत मारिएको सञ्चार माध्यमहरूले जनाएका छन् । इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति… पुरा पढौ

इरानमा भूकम्प, ५ को मृत्यु १२० घाइते

इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ । प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएको जानकारी दिएको छ । प्रान्तका ४१ वटा गाउँमा उद्धारकार्य जारी रहेको र दुईवटा क्षेत्र सर्वाधिक प्रभावमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं