humla

हुम्लामा रुघाखोकीका ४ सय बिरामी

सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोका बिरामीले गाउँ नै थलिएको छ । गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् । सिमकोटबाट आठ कोस टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीप्रति सरोकार निकाय मौन भएको स्थानीयवासीले बताएका छन् । मौसमी रुघाखोकीबाट पाँच जनाको अवस्था चिन्ताजनक रहेको स्याडा स्वास्थ्यचौकीका वरिष्ठ अहेव अर्जुन कार्कीले बताए । “स्वास्थ्यचौकीमा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ”,… पुरा पढौ

हुम्लामा हिमपात,जनजीवन प्रभावित

उच्च हिमाली क्षेत्र हुम्लामा हिमपात हुँदा त्यहाँको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको हो । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् । हिमपातका… पुरा पढौ

खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाको जित

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विजय प्रप्त गरेको छ । नेकपाकी रुपा शाहीले कांग्रेसकी तारा शाहीलाई ६९ मतान्तरले पराजित गर्दै विजय हासिल गरेकी हुन् । रुपाले १ हजार ४५४ मत ल्याउदाँ उनकि प्रतिद्वन्द्वी ताराले १ हजार ३८५ मत प्रप्त गरेकी थिइन् । उपाध्यक्षका लागि उम्मेरद्धार दिएका राप्रपा संयुक्तका दीपबहादुर शाहीले भने १० मत पाएका छन् । पुरा पढौ

विवादका कारण हुम्लामा सुरु भएन मतगणना

खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म मतगणना हुन सकेको छैन। उपाध्यक्ष पदका लागि शनिबार भएको मतदान भएको थियो। आइतबार बिहान ८ बजेदेखि मतगणना शुरु हुने भनिए पनि विवादका कारण मतगणना हुन नसकेको हो। राजनीतिक दलहरुले वडागतरूपमा मतगणना गर्नुपर्ने माग राखेका छन् भने मुख्य निवार्चन अधिकृतको कार्यालयले वडागतरूपमा गणना गर्न नसकिने बताएपछि विवाद भएको हो। बिहान ८ बजे बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। अहिले पुनः सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहको छ।… पुरा पढौ

हुम्ला र बाजुरामा भारी हिमपात

हुम्ला र बाजुरामा भारी हिमपात भएको छ । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घर बाहिर निस्कन समेत समस्या भएको छ ।  अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ… पुरा पढौ

माघीमा ‘देउडा’को रौनक

देउडा नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा गाइने प्रचलित लोकगायन शैली हो । यसलाई देउडा भाषा, देउडा गीत, लोक देउडा आदि नामले चिन्ने गरिन्छ । यो भाषा मूलत ः बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालीकोट, जुम्ला, मुगु, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा अवलम्बन गरेको पाइन्छ । जसलाई पश्चिमेली भाषामा गाइन्छ । यो सुदूरपश्चिम तथा कर्णाली प्रदेशको मौलिक संस्कृति पनि हो । सामाजिक उत्सव, मेला, मालिका, जात्रा, पर्व, शुभकार्य, नव… पुरा पढौ

हिमपातले हुम्लासँग सम्बन्ध विच्छेद

शनिबारदेखि हिमपात हुँदा यहाँ हवाईसेवा ठप्प भएको छ । लगातार हिउँ परेपछि उडान अवरुद्ध छ । हिमपातपछि जिल्लाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । शनिबार साँझदेखि लगातार हिँउ परिरहेको स्थानीयवासी लोकेन्द्र बोहराले बताए । एक मात्र यातायात सेवाका रुपमा रहेको हवाईसेवा बन्द हुँदा यात्रु मारमा परेका छन् । हिउँ परेपछि कर्मचारी तथा स्थानीयवासी आगो तापेर बस्न बाध्य छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा विभिन्न कामकाजले आउने सेवाग्राहीको चाप ह्वात्तै घटेको… पुरा पढौ

ल्होसारमा हुम्लामा बिदा, गण्डकी प्रदेश खुला !

गण्डकी प्रदेश सरकारले तमुहरुको चाड ल्होसारको अवसरमा दिएको बिदामा गण्डकीका केही सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था खुले । तर, कर्णाली प्रदेशको १ अस्पतालले भने ल्होसारमा सार्वजनिक बिदा दियो । गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसारमा सरकारले सार्वजनिक बिदा दिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बन्द गरेकाले अस्पतालले बिदा गरेको चिकित्सक सरोज प्रजापतिले बताए । अस्पताल बन्द गरिँदा बिरामीले सास्ती बेहोरेका छन् । जिल्लामा रहेका अन्य सरकारी कार्यालय भने सञ्चालनमा आएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं