Featured News

जग्गा प्राप्ति नहुदाँ ल्याण्डफिल साइट बनाउन सकस

पोखरामा दैनिक १५० टनसम्म फोहोरजन्य बस्तु उत्पादन हुन्छ । बजारसँगै जनघनत्व बढ्दै गएको छ । १६ वर्षअघि बनाइएको ल्याण्डफिल साईटको आयु सिद्धिएको छ । १५ वर्षलाई लक्षित गरी बनाइएको ल्याण्डफिल साईटले नै पोखराको फोहोर थेग्दै आएको छ । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भईरहेको ल्याण्डफिल साईट पोखरा–१४ बाच्छेबुडुवामा फोहोर फाल्न रोकिन्छ । तर बैकल्पिक ल्याण्डफिल साईट भने अझै बनाउन सकिएको छैन् । एक वर्षपछि विमानस्थल सञ्चालनमा आउनेछ ।… पुरा पढौ

पोखरामा थपिए ८६ संक्रमित, गण्डकीमा ७ हजार पुगे

पोखरा महानगरमा ८९ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीको तेस्रो अपडेट अनुसार पोखरा महानगरमै यी संक्रमित फेला परेका हुन् । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा यी संक्रमित पत्ता लागेका हुन् । बुधबार संक्रमण पुष्टि भएका १ सय २१ जनामध्ये ८६ जना पोखरा महानगरका छन् । सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । पुरा पढौ

बिजुलीको केन्द्रीय प्रशारण लाईनमा जोडियो लोमान्थाङ

साना माईक्रो हाईड्रोपावरबाट उत्पादित विजुलीकै भरमा उज्यालोमा बस्नुपर्ने बाध्यता लोमान्थाङबासीको अब अन्त्य भएको छ । कहिले आउने र कहिले जाने समस्याबाट ग्रसित लोमान्थाङबासीलाई केन्द्रीय प्रशारण लाईन विस्तार भएपछि अब अध्याँरोमै बस्नुपर्ने अवस्था भने आउने छैन् । लोमान्थाङ गाउँपालिकाको वडा नं ५ र लोघेकरको चराङमा माइक्रो हाईड्रो सञ्चालित छ । त्यसबाट उत्पादित विजुलीले दुईवटा वडाका बासिन्दाले उपयोग गर्दै आएका थिए । तर अब गाँउपालिका सबै वडामा उज्यालो पुग्ने छ । ‘गाँउपालिकाको… पुरा पढौ

महेन्द्र र चमेरे गुफाका लागि २२ करोड

गतवर्ष मात्रै पोखराको दुईवटा गुफालाई व्यवस्थित र संरक्षण गर्ने उद्देश्यसहित गुरुयोजना तयार गरियो । तयार पारिएको गुरुयोजना अन्तर्गत केही काम शुरु गरिएको छ । महेन्द्र गुफा चमेरे गुफा सचिवालयका अनुसार दुई गुफाको लागि २२ करोडको योजना बनाइएको हो । महेन्द्र गुफा संरक्षण र सम्बद्र्धन गर्दै आएको विन्ध्यवासिनी माविले एक करोड रुपैयाँको लागतमा नाला निर्माण तथा सिमेन्टयुक्त ढलान बाटो, रेलिङ तथा ढुंगा विच्छ्याउने काम गरेको छ । गण्डकी प्रदेश सरकारकै लगानीमा… पुरा पढौ

प्रिय सरकार, निर्णय फिर्ता लेऊ

गरिब जनताले २,००० /- तिरेर पिसिआर टेस्ट गर्न सक्दैनन् | टेस्ट नगरेपछि उनीहरुलाई संक्रमण भए नभएको थाहा हुँदैन | उनीहरु समाजमा घुलमिल हुन्छन् | त्यसले संक्रमण थप बढाउँछ |गरिब जनताले ५० हजारदेखि २ लाखसम्म धरौटी राखेर उपचार गर्न सक्दैनन् | यो अवस्थाले धेरै नागरिक घरमै गम्भीर हुने वा मृत्यु हुने सम्भावना बढेको छ | अस्पतालले शबलाई नुहाएर, संक्रमणरहित बनाएर, प्लाष्टिकमा विधिपूर्वक प्याक गरेर, सेनाले शब ब्यबस्थापन गर्दा त ती सेनामा संक्रमण… पुरा पढौ

दसैं, तिहारमा के खाने, के नखाने ?

दसैं, तिहार नेपालीका महान चाड हुन् । यो बेला घरमै खसी काट्ने, धेरै मात्रामा मासु खाने गरिन्छ । पछिल्ला दशकमा हाम्रो खानपानमा धेरै परिवर्तन आएको छ । हाम्रो खानामा मासुको मात्रा बढेको छ । जनावरबाट पाइने बोसो अलि बढी खाइन्छ । दसैंमा त घरैमा ल्याएर खसी काट्ने गरिन्छ । घरमै सेल पकाउने गरिन्छ । बिहान बेलुकै मासु खाइन्छ । मासुकै खाजा, मासुकै तरकारी, मासुकै अचार खाइन्छ । एकैचोटि यसरी धेरै… पुरा पढौ

फेवाताल सीमांकन गर्न बन्यो समिति

गण्डकी प्रदेश सरकारले फेवातालको सीमा छुट्याउन समिति गठन गरेको छ। मन्त्रिपरिषद्को सोमबारको नेकपा नेता पुण्य पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले फेवातालको चार किल्ला निर्धारण, सीमांकन र नक्सांकन गर्ने छ । सर्वाेच्च अदालतको २०७५ बैशाख १६ गतेको फैसला बमोजिम फेवाको चार किल्ला छुट्याउने जिम्मेवारी प्रदेश सरकारको हो। सर्वाेच्चले विश्वप्रकाश लामिछानेको अध्यक्षतामा बनेको फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न गठित समितिले प्रतिवेदन बमोजिम ३ सरकारका नाममा फरक फरक जिम्मेवारी… पुरा पढौ

कोरला नाका छिट्टै खुल्छ, पूर्वाधार बनाउँछौं : ज्ञवाली

चिनसंग सीमाना जोडिएको उत्तरी कोरलानाका छिट्टै खुलाउन नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने सरकारका प्रवत्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताएका छन् । काठमान्डौंबाट बुधबार हेलीकोप्टर मार्फत कोरलानाका पुगेका परराष्ट्र मन्त्री ज्ञवालीले कोरलानाका खुल्ने कुरामा ढुक्क रहन स्थानीयबासीलाई आश्वासन दिएका छन् । मन्त्री ज्ञवालीले कोरलानाका निकै संम्भावना बोकेको नाका भएकाले यसलाई संञ्चालनमा ल्याउन सरकारले कुनै कसुर बाँकी नराख्ने जनाए । सरकारले चाँडो भन्दा चांँडै कोरलानाका संञ्चालनमा ल्याएर जिल्ला, प्रदेशको मात्र होईन… पुरा पढौ

सेनालाई हजार बेडको अस्पताल र १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन लगाऔं

आज संक्रमितको संख्या १ लाख नाघेको छ | काठमाडौं उपत्यका लगायतका ठाउँमा आइसीयु बेड मात्र होइन, संक्रमितको लागि आइसोलेसन बेडको समेत अभाव भएको छ | सहरमा भीडभाड ब्यापक छ, तरकारी पसल र फुटपाथको भीड निकै अत्यासलाग्दो छ | उपत्यकामा संक्रमण समुदायमा फैलिसकेको छ |१. जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस् | स्वास्थ्य मन्त्रालयले परिक्षण ब्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने, आबश्यकता… पुरा पढौ

नेपालमा कोरोना संक्रमित १ लाख नाघे

नेपालमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २ हजार ५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख नाघेको छ । अहिलेसम्म कुल एक लाख ६७६ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६ सय ८० जना संक्रमण मुक्त… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं