CAN Info Tech-2020 Pokhara News

प्रदेश प्रमुखले लिए भर्चुअर रियालिटी अनुभव

आइतबार दिउँसो पोखरा नयाँबजारको प्रदर्शनी केन्द्र पुगेका गण्डकीका प्रदेश प्रमुख अमिक शेरचनले क्यान इन्फोटेकका स्टलहरु अवलोकन गरे । कस्मिक कम्प्यिुटिङ सोलुसनको स्टलमा पुगेका शेरचनले आफ्नो चश्मा खोले र अर्काे लगाए । उनले भचुअल रियालिटी सेट प्रयोग गरी रोलक कोस्टरको अनुभव लिएका हुन् । भर्चुअल रियालिटी हेरिसकेपछि शेरचनले काल्पनिक भए पनि वास्तविककै जस्तो अनुभव भएको सुनाए । माक्र्सवादमा विश्वास गर्ने उल्लेख गर्दै उनले भूतप्रेत आएको चाहिँ आफूलाई त्यति निको नलागेको प्रतिक्रिया… पुरा पढौ

इन्फोटेकमा आसुसको डबल डिस्प्ले ल्यापटप

पोखरामा जारी क्यान इन्फोटेक २०२० मा जेनेक्स अटोमेसनले आसुस ब्रान्डको नयाँ ल्यापटप प्रदर्शनमा राखेको छ । आसुस जेनबुक प्रो डियो मोडेलको डबल डिस्प्ले ल्यापटपले मेलामा दर्शकको ध्यान तानेको छ । मेलाको दोस्रो दिन सोमबार पनि यो ल्यापटपबारे बुझ्ने उल्लेख्य दर्शक जेनेक्सको पेभिलियनमा पुगेका छन् । एकै पटक २ काम गर्नुपर्ने वा एकतिर हेरेर अर्कातिर काम गर्नुपर्ने खालका काममा यो निकै उपयोगी हुने जेनेक्सका सञ्चालक नवीन पौडेलले बताए । जेनेक्स आसुस… पुरा पढौ

पोखरामा सुरु भयो सूचना, प्रविधिको कुम्भ मेला

पोखरामा क्यान इन्फोटेक मेला सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा पोखरामा आइतबार गण्डकी प्रदेश स्तरीय क्यान इन्फोटेक २०२० सुरु भएको हो । नयाँबजारको पोखरा प्रदर्शनी केन्द्रमा आयोजित मेला गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले सुरुआत गरे । शेरचनले विकास र समृद्धिका लागि विज्ञान र प्रविधिमा जोड दिनुपर्ने बताए । विकासका लागि विज्ञान र प्रविधिसँगै नैतिकता र अनुशासनलाई पनि जोड दिनुपर्ने उनले बताए । ११ औं… पुरा पढौ

आइतबारबाट प्रर्दशनी केन्द्रमा क्यान इन्फोटेक

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा आइतबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा सूचना प्रविधि मेला (इन्फोटेक) सुरु हुँदैछ । मेलाको सबै तयारी पूरा भएको शनिबार कार्यक्रमस्थलमै पत्रकार सम्मेलन गरेर आयोजकले बताएका छन् । फागुन १५ गतेसम्म चल्ने मेलाले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने क्यान कास्की अध्यक्ष रुक्मागत भण्डारीले बताए । ‘कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धी अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ… पुरा पढौ

क्यान इन्फोटेकका सबै स्टल बुक

यही फागुन ११ देखि १५ सम्म पोखरामा हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ मा राखिने सम्पूर्ण स्टल बुक भएका छन् । इन्फोटेकमा सय वटा स्टल रहने आयोजक क्यान कास्कीका स्टल व्यवस्थापन उपसमिति संयोजक युवराज पौडेलले जानकारी दिए । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । सूचना तथा प्रविधिसँग सम्बन्धित स्टललाई प्रमुख प्राथमिकतामा राखेर स्टल वितरण गरिएको क्यान महासंघ कास्कीका अध्यक्ष रुक्मागत भण्डारी… पुरा पढौ

क्यान इन्फोटेकमा ल्यापटप मर्मत सित्तैमा

क्यान कास्कीले आयोजना गरेको ११ औं क्यान इन्फोटेकमा सित्तैमा ल्यापटप मर्मत गरिने भएको छ । पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा फागुन ११ देखि १५ गतेसम्म चल्ने मेला अवधिभर जुनसुकै ब्रान्डमा ल्यापटप सित्तैमा मर्मत गरिने इन्टेल ल्यापटप हाउसका सञ्चालक दीपक थापाले जानकारी दिए । इन्टेलले बिग्रेका ल्यापटपको मर्मत सित्तैमा गर्ने र पाट्स् फेर्नुपर्ने भएमा पाट्स पनि विशेष छुट उपलब्ध गराउने थापाले बताए । इन्टेलले मेला अवधिभर ल्यापटप एक्सचेन्ज अफर पनि सञ्चालन गर्ने… पुरा पढौ

सीप छ, जागिर छैन, क्यान इन्फोटेक जानुस्

कम्प्युटर एसोसियन नेपाल महासंघ (क्यान) कास्कीले क्यान इन्फोटेकमा सूचना, प्रविधिको ज्ञान भएर पनि बेरोजगार रहेकाहरुलाई लक्षित गरी नयाँ कार्यक्रम ल्याएको छ । इन्फोटेकमा शिक्षित बेरोजगारलाई रोजगार आवेदन फर्म भर्न लगाएर रोजगारी खोज्न सघाउने कार्यक्रम संयोजक घननाथ सापकोटाले बताए । प्रविधिक सीप भएका तर व्यवहारिक ज्ञान आवश्यक पर्नेहरुलाई सित्तैमा तालिमसमेत दिने योजना सापकोटाले सुनाए । यही फागुन ११ देखि १५ गतेसम्म पोखराको नयाँबजारमा ११ औं क्यान इन्फोटेक हुँदै छ । मेला… पुरा पढौ

इन्फोटेकमा सूचना प्रविधि संग्रहालय

पोखरामा यही फागुन ११ देखि १५ सम्म हुने ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ मा सूचना प्रविधि संग्रहालय (आइसिटी म्युजियम) स्थापना गरिने भएको छ । सूचना तथा प्रविधिका क्षेत्रमा भएका पुराना प्रविधिलाई आम दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्यसहित संग्रहालय स्थापना गर्न लागिएको कार्यक्रम संयोजक पुरुषोत्तम कुँवरले जानकारी दिए । ‘संग्रहालयबाट पुराना पुस्ताले सूचना प्रविधि क्षेत्रको आफ्नो बिगत सम्झनेछन् भने नयाँ पुस्ताले सूचना तथा प्रविधिको पुरानो प्रचलनलाई बुझ्ने अवसर पाउनेछन्,’… पुरा पढौ

सूचना, प्रविधिबारे खुला वक्तृत्वकला

क्यान इन्फोटेकमा टिपी लिंक आइसिटी वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । खुला रुपमा हुने प्रतियोगितामा आइटी आविष्कार, जानकारी, महत्व आदिबारे जो कोहीले विचार राख्न पाउने छन् । प्रतियोगिता फागुन १२ गते मेलास्थल प्रदर्शनी केन्द्र नयाँ बजारमै हुनेछ । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयले क्रमशः २५ हजारको स्मार्ट कलर टिभी, थ्री इन वान प्रिन्टर र उफर सेट दिइने कार्यक्रम संयोजक रुद्र न्यौपानेले बताए । प्रतियोगिताका सहभागीले सूचना प्रविधि आजको आवश्यकता, नेपालको… पुरा पढौ

इन्फोटेकमा जेनेक्स आइसिटी कम्फरेन्स

यसपालिको क्यान इन्फोटेकमा हुने जेनेक्स आइसिटी कम्फरेन्सको तयारी थालिएको छ । विगतका संस्करणमा इन्फोटेकको पूर्वसन्ध्यामा १ दिन हुने कम्फरेन्स यसपालि मेला स्थल प्रदर्शनी केन्द्रमा नै हुनेछ । कन्फरेन्सलाई यसपालि जेनेक्स अटोमेसन प्रालिले सघाएको छ । कन्फरेन्समा सूचना, प्रविधिबारे कार्यपत्र प्रस्तुतिसहित विमर्श हुनेछ । पछिल्लो समय सूचना, प्रविधिबारे सर्वसाधारणको चाख र ज्ञान बढेकाले मेलास्थलमै कन्फरेन्स राखिएको क्यान कास्की अध्यक्ष विश्वास भण्डारीले जानकारी दिए । अघिल्ला संस्करणभन्दा यसपालि धेरैको सहज सहभागिता हुन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं