ताजा समाचार

कृषि

मुस्ताङमा स्याउ उत्पादन बृद्धि गर्न कार्यक्रम हुने

मुस्ताङमा स्याउ खेतिलाई थप उत्पादनमुखि बनाउन बिभिन्न कार्यक्रमहरु संञ्चालन हुने भएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई स्याउ जोन मुस्ताङले चालु आर्थिक वर्ष ०७५–०७६ का लागि मुस्ताङका किसानलाई स्याउ जोन कार्यक्रममा सुचिकृत हुन आह्वान गरेको हो । परियोजना कार्यान्वयन ईकाईले पुस महिनाको २ गते भित्र स्याउ जोन कार्यक्रममा सुचिकृत हुन स्थानीय कृषक तथा स्याउ उत्पादक संस्था र समूहलाई सूचना प्रकाशित गर्दै अनुरोध गरेको परियोेजना कार्यान्वयन ईकाईका कृषि अधिकृत शिव… पुरा पढौ

विप्लवले कब्जा गरेका जमिन बेचे कारवाही

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको जमिन बेच्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । जमिनदारसँग मिलेर बिक्रीवितरण गर्ने र भूमिहीन किसान तथा सुकुमबासीलाई उठीबास गर्ने, व्यक्ति, संघ, संस्था, व्यवसायी, दलाल, भूमाफिया तथा कमिसनखोरमाथि सख्त कारबाही गर्ने चेतावनी दिएको हो । नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले सोमबार विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका हुन् । कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, चितवन, काठमाडौँलगायत भागमा खोसिएका जमिनहरू जमिनदारसँग मिलोमतो गरी… पुरा पढौ

कोदो धेरै फलाए पुरस्कार

 कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख बजेट छुट्टाएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए । उनका अनुसार १ सय किसानले पुरस्कार पाउनेछन् । नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको… पुरा पढौ

अल्लोबाट घर खर्च

वनमा खेर गइरहेको अल्लो कमाइको स्रोत बनेको छ । ताराखोला गाउँपालिका–४ को ‘लावाङ जुनतारा साना लघु उद्यम समूह’ अल्लो प्रबद्र्धनमा लागेको हो । अल्लोको धागो कातेर हस्तकलाका सामान बनाउने र बेच्ने काम समूहले गर्दै आएको छ । विसं २०७० मा बनेको समूहमा १४ जना महिला छन् । उद्यमी महिलाले अल्लोबाट कोट, स्वीटर, झोला, टोपी, पछ््यौरा लगायतका सामग्री बनाउछन् । ‘धेरै सामान गाउँमै बिक्री हुन्छ’, उद्यमी जस्मती रोकाले भनिन् । “माग… पुरा पढौ

जग्गा करारमा लिएर खेती गरौं

कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न करार खेतीको आवश्यकता महसुस गरिएको छ । कुल ग्राहस्थ उत्पादनमा करिब ३९ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रलाई व्यावसायिक तथा यान्त्रिकरण गर्नका लागि करार खेतीलाई कानुनी रूप दिन आवश्यक देखिएको हो । भूमिको स्वामित्वलाई प्रतिनिधित्व गर्ने समूह र खेतीयोग्य भूमि तथा कृषि उत्पादन गर्ने वर्गका बीचमा गरिने सम्झौतालाई नै करार खेती भनिन्छ । विभिन्न कृषिजन्य वस्तु उत्पादनका लागि सम्बन्धित पक्षबीच मूल्य, उत्पादन गर्नुपर्ने मात्रा, समयावधि, गुणस्तरलगायत… पुरा पढौ

तिहारलाई ११ करोडका माला विदेशबाट

फूल उत्पादन पनि कृषि पेशा हो भन्ने कुरा किसानलाई बुझाउन नसक्दा फूलको आयात घटाउन सकिएको छैन । यस वर्षको तिहारमा करिब ३ लाख विभिन्न जातका माला भारतबाट आयात हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजुले तिहारलाई माला अपुग हुने देखिएकाले यसवर्ष झण्डै ११ करोडको ४५ जातका ३ लाख सयपत्रीका माला र फूल आयात गर्न लागिएको बताए । भाइटीकामा काठमाडौंलाई मात्र रू १५ देखि १७ लाखको माला… पुरा पढौ

गण्डकी प्रदेशमा ४ सय नमुना फार्म

किसानलाई कृषि पेसामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४ सय नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपंक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ । फार्म स्थापना गर्नेलाई परियोजनाको पहिलो वर्षको प्रस्तावित लागतको ५० प्रतिशत अनुदान सरकारले उपलब्ध गराउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री… पुरा पढौ

पोखरामा प्रदेशिक पुष्प मेला

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्कीको आयोजनामा पोखरामा हुने प्रदेश स्तरीय चौथो गोदावरी प्रदर्शनी एवं पुष्प व्यापार मेला २०७५ को तयारी पूरा भएको छ । कात्तिक १६ देखि १९ गतेसम्म हुने मेला आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पोखरा सभागृह परिसरमा ३० भन्दा बढी स्टलमा ४ सय ५० प्रजातिका फूल विरुवाको प्रदर्शनी हुने फ्यानका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए । उनले पोखरेली फूल पारखीलाई तिहारको बेलामा… पुरा पढौ

बागलुङको छाम्टुमा व्यवसायिक माछापालन

ताराखोला गाउँपालिका–४ छम्टुमा ५० लाख लागतमा माछापालन सुरु गरिएको छ । ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’ स्थापना गरी नौ पोखरीमा माछापालन थालिएको छ । सञ्चालक सुवास राजभण्डारीले अझै १० पोखरी थप्ने योजना सुनाए । सो फार्ममा गण्डकी प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्री र पदम खत्रीको समेत लगानी छ । जग्गा खरिद र संरचना निर्माण गर्न ५० लाखभन्दा बढी खर्च भएको राजभण्डारीले बताए । ‘पोखरीमा… पुरा पढौ

ढोरपाटनको आलु र स्याउले बजार माग ओगट्दै

ढोरपाटनको आलुले बजार माग पुर्ति गरेसंगै पछिल्लो समयमा बुटवल क्षेत्रबाट आउने आलुको माग कम भएको छ । विगतमा ढोरपाटनका कृषकहरुले आफुले उत्पादन गरेको आलु , स्याउ घोडा खच्चडमा गांउमा लगेर मकै कोदो लगाएतका अन्नसंग साटफेर गर्ने र बांकि रहेको खोडा खच्चडलाई खुवाउने मदिरा बनाउने गर्ने गरेकोमा पछिल्लो समय साउन महिनादेखिनै आलु र स्याउ सिमी लगाएतका लोकल , आर्गनिक सामाग्रि ढोरपाटन आलु पकेट क्षेत्र सञ्चालक समितीले खरिद गरेर देशका बिभिन्न स्थानमा… पुरा पढौ