ताजा समाचार

कृषि

घरपझोङका किसानलाई स्याउ बगैचामै तालिम

मुस्ताङको ५ स्थानीयतह मध्ये स्याउ उत्पादनले पहिलो मानिएको घरपझोङ गाउपालिकाका स्थानीय किसानलाई सोमबार स्याउ बगैचामै कटिङ तथा स्याउ खेति संम्वन्धि एक दिने तालिम दिईएको छ ।वर्षेनी हिउदयामको पुस देखि माध २ महिना यहाका किसानले आ–आफ्नो बगैचामा स्याउ कटिङ गर्ने चलन छ । स्याउ बिरुवा रोपेको दोश्रो वर्ष देखि र फल लाग्ने स्याउ बोटहरुको पात पूर्ण रुपमा झरिसकेपछि स्याउ बोटको हागाहरु कटिङ गर्ने गरिन्छ ।हिउदयामको यही समयमा स्याउ बोटको पातहरु झर्ने… पुरा पढौ

८ रुपैयाको जागीरले बनायो धनबहादुरलाई सफल कृषक

धनबहादुरको जीवन संघर्ष ।चिमाङ गाउका कृषि अगुवा । घरपझोङ गाउपालिका १ चिमाङका ५८ वर्षिय धनबहादुर थकाली विगत साढे ३ दशक अघि देखि कृषि पेशामा सक्रिय रहदै आएका छन्् । मुस्ताङको मार्फा वागवानी बिकास केन्द्रमा जम्मा ८ रुपैयामा ज्यालादारी काम सुरु गरेका हुन्् ।कृषि लक्षित वागवानी विकास केन्द्र देखि पूर्वमा अवस्थित अग्लो उचाईको चिमाङ गाउमा उनको घर पथ्र्यो ।उनी त्यही गाउदेखि वागवानी कृषि फार्ममा काम गर्नका लागि दिनहु १ घण्टाको पैदलै… पुरा पढौ

गाई, भैँसीलाई पनि सुत्केरी भत्ता

रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भँैसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही ५ सय वितरण गरे । सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा २० लाख बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम पर्याप्त… पुरा पढौ

सुन्तला किसानलाई परिचयपत्र

गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तला खेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाई सुन्तला जात फलफूल जोनले व्यावसायिक रूपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो । किसानलाई व्यावसायिक रूपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख अजय अधिकारीले जानकारी दिए । चालू आर्थिक वर्षमा जिल्ला भरका एक हजार दुई सय अमिलो जातका फलफूलको व्यावसायिक… पुरा पढौ

भारतमै रोकियो नेपाल आउँदै गरेको रासायनिक मल

केही दिनयता भारतको आन्ध्र प्रदेशमा आएको चक्रवातका कारण कृषि सामग्री कम्पनी लिमिटेडको ३० हजार मेट्रिक टन रासायनिक मल विशाखापट्टनम बन्दरगाहमा रोकिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका अनुसार विगत केही दिनदेखि भारतको आन्ध्रप्रदेशमा आएको चक्रवातको कारण विशाखापट्टनम बन्दरगाहमा रहेको रेल्वे लिकमा अवरोध भएपछि युरिया मल २५ हजार मेट्रिक टन तथा पोटास पाँच हजार मेट्रिक टन रोकिन गएको हो । विशाखापट्टनम बन्दरगाहबाट रेल मार्ग हुँदै उक्त रासायनिक मल… पुरा पढौ

सुन्तला गाउँलाई चिनाउन महोत्सव

बागलुङको सिगानामा तेस्रो सुन्तला उत्सव तथा कृषि प्रदर्शनीको तयारी अगाडि बढाइएको छ । गणेश व्यावसायीक कृषि सहकारीको आयोजना र बागलुङ नगरपालिका ८ सिगानाको सहआयोजनामा हुन लागेको उत्सवको तयारीलाई तीव्रता दिइएको हो । स्थानीय सुन्तलाको बजारीकरण गर्नका लागि आगामी पुस ६ गतेदेखि १० गतेसम्म तेस्रो सुन्तला उत्सव गर्न लागेको मूल आयोजक समितिका उपसंयोजक शिव खड्काले बताए । बागलुङको सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको सिगानामा उत्पादन गरिएका सुन्तलालाई बजारीकरण र किसानलाई… पुरा पढौ

खर्च २० लाख, उपलब्धि ०

सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ‘मिसन मसुरो’ अभियान बाँकेमा प्रभावकारी देखिएन । बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २० लाख खर्च भए पनि उपलब्धि भने शून्य देखिएको छ । प्रदेश र स्थानीय तहमध्ये कसले कार्यक्रम सञ्चालन गर्ने भन्ने अन्योलकै कराण यो कार्यक्रम अहिले प्रभावकारी हुन नसकेको हो । दुई वर्षदेखि जिल्ला तहमा बजेट नआएपछि कार्यक्रम बन्द रहेको छ । कार्यक्रम बन्द भएपछि… पुरा पढौ

पोखरा ५ का ८ उद्यमी किसान पुरस्कृत

पोखरा महानगरपालिका वडा नं. ५ द्वारा मालेपाटनका ८ कृषक उद्यमी आर्थिक एवं सम्मानपत्र हित पुरस्कृत भएका छन् । महानगरका उपमेयर मञ्जुरदेवी गुरुङले पोखरा ५ कृषि क्षेत्रमा उल्लेख्य योगदान गर्ने क्षेत्र भएको र कृषक उद्यमीहरुलाई पुरस्कृत गर्ने कार्यले महत्वपूर्ण तथा कृषक उद्यमीहरुलाई प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । वडाध्यक्ष धनबहादुर नेपालीले निश्चित मापदण्डका आधारमा पुरस्कृत हुन सफल कृषक तथा उद्यमीलाई बधाई दिंदै कृषि अर्थतन्त्र बलियो बनाउने मुख्य आधार भएको बताए ।… पुरा पढौ

बाह्र करोडमा प्रादेशिक दुग्ध उद्योग:सुर्खेत

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी लगानीमा रु १२ करोडको प्रदेशस्तरीय दुग्ध उद्योग निर्माण गर्न थालिएको छ ।काभ्रेस्थित धुलिखेल नगरपालिकाका उद्योगी माधव धिताल र पाँचखाल नगरपालिकाका उद्योगी जयकृष्ण आचार्यको संयुक्त लगानीमा रु १२ करोडको लगानीमा प्रदेशस्तरीय उद्योग निर्माण गर्न थालिएको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रको दुई रोपनी जग्गा ४० वर्षका लागि लिजमा लिएर दुग्ध उद्योग निर्माण अघि बढाइएको उद्योगी धितालले जानकारी दिनुभयो । “गत वर्षको मङ्सिरदेखि उद्योग निर्माण… पुरा पढौ

बिना धितो ऋण: चार हजार तीन सय विपन्न कृषकलाई

 विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ । बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छ्रे बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा  हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हेफरका राष्ट्रिय निर्देशक डा शुभनारायण महतो, युकेएड सक्षमका कार्यक्रम संयोजक निर्मल दाहाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गर्नुभयो । देशका १४ जिल्लामा यो कार्यक्रम लागू हुनेछ । कार्यक्रम लागू हुने जिल्लाका… पुरा पढौ