ताजा समाचार

कृषि

विदेशबाट आउने पाउडर दूध रोक्यौं : मन्त्री खनाल

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको स्पष्ट पारेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने, ‘अहिले पनि हामी धेरै कुरामा आत्मनिर्भर भइसकेका छौं। अरु कुरामा पनि आत्मनिर्भर गर्नेगरि काम गरिरहेका छौं। अहिले दूध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भएका छौं।’ कृषिमा सरकारले दिँदै आएको अनुदानलाई थप व्यवस्थित गर्नका लागि अध्ययन गर्न… पुरा पढौ

किसानलाई मलको मूल्य बढ्ने

यस वर्ष किसानलाई मलको मूल्य बढ्ने भएको छ। अर्थले कृषि तथा पशुपंक्षी मन्त्रालयलाई अनुदान मूल्य घटाउन सुझाव दिएपछि मलको मूल्य बढ्ने भएको हो। कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता तेज बहादुर सुवेदीले यस वर्ष किसानलाई मलको मूल्य बढ्ने बताए। मलको खरिद र बिक्रीबीचको अन्तर रकम बढी भएकाले त्यसलाई समायोजन गर्न अर्थले सुझाब दिएको सुवेदीले बताए। ‘सरकारले अनुमान गरेको बजेटले मल ल्याउन पुग्दैन, थप बजेटका लगि अर्थमन्त्रालयमा पत्र पठाएका छौँ’ सुवेदीले भने… पुरा पढौ

सरकारी अनुदान पाएनन् : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले लागत घटाउन र उत्पादकत्व बढाउन सरकारले अनुदान दिंदै आएपनि वास्तविक किसानले नपाएको बताएका छन्। सरकारी अनुदान वास्तविक किसानले पाउन नसकेको भन्दै उनले कृषि उत्पादनमा लागत बढी भएकोबारे अनुसन्धान आवश्यक रहेको बताए। साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघ लिमिटेडको आयोजनामा भएको साना किसान सम्मेलनमा उनले उन्नत बीउ बिजन, प्रविधि र यान्त्रिकरणका लागि सहकारी खेती अत्यावश्यक भएको बताए। अर्थमन्त्री खतिवडाले कृषिमा आत्मनिर्भर… पुरा पढौ

पिसाबबाट हिसाब अभियान

शहरबजारमा सार्वजनिक शौचालयमा पिसाब गर्दा पैसा तिर्नुपर्छ भन्ने सुनेका र भोगेका जिल्लाका किसानले आफ्नै पिसाबबाट पनि पैसा कमाउन सकिन्छ भन्ने कल्पनासम्म गरेका थिएनन्। आफूले कल्पनासम्म नगरेको कुराबाट पैसा कमाउन थालेपछि मङ्गला गाउँपालिकाका कृषक दङ्ग परेका छन्। उक्त गाउँपालिकाले सञ्चालन गरेको ‘पिसाबबाट हिसाब’ अभियान प्रभावकारी बन्दै गएपछि गाउँपालिकाभित्रका सामुदायिक विद्यालय, सार्वजनिकस्थल र घरघरका शौचालयमा पिसाब सङ्कलन बैंक स्थापना गरिएको छ। त्यहाँ सङ्कलन गरिएको पिसाब तरकारी र फलफूल खेती गर्ने किसानले खरीद… पुरा पढौ

४ हजार चिनियाँ गाई गण्डकी ल्याउन सम्झौता

गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना गाईफार्म स्थापना गर्ने सम्वन्धी सम्झौतापत्रमा आज गण्डकी प्रदेश सरकार र चाईनिज एकेडेमी अफ एग्रीकल्चर साईन्सेस (सिएएमएस) ईन्जिनियरिङ्ग कम्पनीकाबीच सम्झौता भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र सिएएमएसका प्रमुख ईन्जिनियर उ डेनसेङ्गकाबीचमा नमूना गाईफार्म स्थापना गर्नेसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरियो । सम्झौतामा दुग्ध विकासको माध्यमबाट ग्रामीण गरीबी निवारण गर्न चीन सरकारको सम्पूर्ण लगानीमा सिएएमएसले चिनिया गाईको… पुरा पढौ

मनाङका किसानलाई बज्रपात

महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन् ।जिल्लामा रहेका चाँैरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मरेका हुन् । जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्ख्यामा रहेका चौँरी के–कति कस्तो अवस्थामा छन्… पुरा पढौ

‘एक मिनेटमा १३ हजार हेक्टर जमिन मरुभूमिकरण’

बाह्रौँँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला, २०७५ यही फागुन १६ देखि १९ गतेसम्म ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना हुने भएको छ । हाल अत्यधिक मात्रामा बढ्दै गएको रासायनिक मल तथा विषादीको प्रयोगले पर्यावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्दै गएको ठहर गरी त्यसको न्यूनीकरणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रले २०६३ सालदेखि उक्त मेला आयोजना गर्दै आएको पत्रकार सम्मेलनमा जनाइएको छ । जैविक विविधताको ह्रासबाट माटोको प्राकृतिक जीवनमा… पुरा पढौ

कर्णाली प्रदेश सरकारले किसानलाई पेन्सन

कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण (पेन्सन) कार्यक्रम सुरु गर्ने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा कृषकलाई प्रोत्साहन गरी कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसान पेन्सन कार्यक्रमका लागि बजेट विनियोजन गरेको हो । कृषिमन्त्री विमला केसीले किसान पेन्सन कार्यक्रमको कार्यविधि निर्माणका साथै प्रभावकारी ढङ्गले कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा… पुरा पढौ

सूर्य चिह्नबाट चुनाव जितेका नेताले भने-कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ

प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले कृषि मन्त्रालय खारेज गर्नुपर्ने माग राखेका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै सरकारले किसानको हकहितमा काम नगरेकाले मन्त्रालय नै खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।  किसानको विषयमा धेरै आवाज उठाउँदा बोल्नै लाज भएको बताउँदै उनले भने ‘कुनै पनि सरकारले किसानको हितमा काम गरेनन् । किसान होइन विचौलिया मालामाल भए, सरकार विचौलियाकै पक्षमा छ ।’ उखु र चिनीको मूल्य निर्धारणमा मन्त्रालय व्यापारी र विचौलियाको पक्ष लिएको… पुरा पढौ

गहुँत किन्छन्, दूध किन्दैनन्

दाङमा जर्सी गाईको दूध बिक्री हुन नसकेपछि किसान मर्कामा परेका छन् । तुलसीपुर १६ का प्रवीण चौधरीले पनि ६ वटा जर्सी गाई पालेका छन् । उनलाई पनि जर्सीको दूध बिकाउन निकै संघर्ष गर्नुपर्छ । ‘मान्छेले बरु गाईको पिसाब खोज्छन्’, उनले भने, ‘तर दूध खोज्दैनन् ।’ गहुँतका लागि पिसाब खोज्ने गरे पनि तिनै गाईको दूध नखोज्ने गरेको उनको भनाइ छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १६ लक्ष्मीपुरका रमेश गिरीले ५ वटा… पुरा पढौ