ताजा समाचार

कृषि

केवल गौतम : जसले गरे ह्वीलचियरबाटै अनुकरणीय काम

दृढ इच्छा शक्ति र लगनसँगै अवसर पाउने हो भने समाजमा फरक क्षमता भएका व्यक्तिले पनि कृषि व्यवसायबाट यथेष्ट आम्दानी गर्न सक्छन् भन्ने तथ्यलाई यहाँका एक कृषकले चरितार्थ पारेका छन् । पोखरा महानगरपालिका वडा नं १४ चाउथेका कृषक केवल गौतमले ह्वीलचियरको सहायताबाट हाई–टेक (हरितगृह) भित्र विभिन्न जातका मौसमी एवम् बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी गरेर अरुका लागि पनि अनुकरणीय बनेका छन् ।  नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना… पुरा पढौ

जमीन बाँझो राख्नेलाई कारवाही : गोकुलप्रसाद बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जमीन बाँझो राख्ने व्यक्तिलाई कारवाही गरिने बताएका छन् । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा जिल्लास्थित पुनःनिर्माण प्राधिकरणद्वारा तेमाल गाउँपालिका–७ चाँपाखोरीमा राधाकृष्ण माध्यमिक विद्यालयको चार करोड ४० लाखमा निर्मित दुईतले दुईवटा भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा मन्त्री बाँस्कोटाले सो कुरा बताएका हुन् । सञ्चार मन्त्री बाँस्कोटाले भने, ‘जमीन बाँझो राख्नेलाई सरकारले कारवाही गर्छ, आफ्नो बाँझो रहेको जमीन उत्पादनमूलक बाली लगाउनुस् ।’ उनले एक सय… पुरा पढौ

अर्गानिक खाद्यबस्तु उत्पादन गर्नुपर्नेमा केपी ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्गानिक खाद्यबस्तु उत्पादन गर्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री ओलीले सहकारिताको माध्यामबाट स्वस्थ खाद्यान्न उत्पादन गरेर कृषिमा  आधुनिकीकरण गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारे। मंगलबार राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उनले मुला, लौका, सुन्तलालगायतका खाद्यन्नहरुलाई पागल बनाएर खुवाउँदा अनेकौं रोग लाग्ने गरेको उल्लेख गर्दै त्यसलाई तत्काल रोक्ने गरी खाद्यन्नहरुको उत्पादनमा लाग्न पनि सहकारी संस्थाहरुलाई आग्रह गरे। कल्चरको नाममा उमेर नपुगी उत्पादन हुने… पुरा पढौ

स्याँउ जोन मुस्ताङमा लोमान्थाङ गापा छुट्यो ,४ स्थानीयतहबाट ५१ जनाको आवेदन

स्याँउ जोन मुस्ताङमा सुचिकृत हुन ५१ जना किसानले आवेदन दिएका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई अन्तर्गत मुस्ताङमा पहिलो पटक स्याँउ जोन घोषणा भएको हो ।यसअघि स्याँउ पकेट र ब्लक छनौट भएको थियो । परियोजना कार्यान्वयन ईकाई स्याँउ जोन कार्यालयले जिल्लाका ५ वटै स्थानीयतहका किसानलाई जोनमा सुचिकृत हुन गत पुस देखि सूचना जारीगरी जानकारी गराएको हो ।चालुवर्ष स्याँउ जोन कार्यक्रममा सूचिकृत हुनपाउँ भनी आवेदन दिनेमा सबैभन्दा बढी घरपझोङ गाउँपालिकाका… पुरा पढौ

हिमपातले मर्ने चौपायाको संख्या थपिदै

मुस्ताङबासीका लागि यो वर्ष निकै सास्तीमय बन्यो ।यसको कारण हो यो वर्ष परेको हिमपात ।करिव २ हजारको संख्यामा चौपाया हिमपातबाट मरेको तथ्याङक सेलाउन नपाउदै थप अरु ३ सय ५० चौपाया मरेको पुष्टि भएको छ । सबै स्थानीयतहमा पशुचौपाय मरेको तथ्याङक बाहिर आउदै गर्दा सोमबार पुन वारागुङ ३ तेताङमा पशुचौपाया मरेको किस्न गुरुङले जानकारी गराएका छन् ।उनले उक्त बिवरण म्यासेज गरी जानकारी गराएका हुन् । वारागुङ मूक्तिक्षेत्र गाउँपालिकामा साङ्ता गाउँ पछिको… पुरा पढौ

माटो विना पानीमा तरकारी खेती

 स्याङजाका एक ब्याक्तिले पानी र गिटीमा तरकारी खेती गरेर सवैलाई अचम्म पारेका छन। माटोमा मात्र तरकारी खेती गरेको देखेका हामीलाई यो कुरा सुन्दैमा पनि अचम्म लाग्छ। तर स्याङजा गल्याङ ३ तल्लो गल्याङका ४० वर्षीय ओम थापाले भने पानी र गिटीमा आक्वापोनिक्स बिधीबाट माछा र तरकारी खेती गरेर अचम्मित पारेका छन। थापाले ५ आना जग्गामा रहेको आफ्नो घरको अण्डर ग्राउण्डमा ५ वटा पोखरी निर्माण गरी माछा पालेका छनभने घरको छतमा गिटी… पुरा पढौ

उपल्लो मुस्ताङमा हिमपातबाट बचेका चौपायामा फेरी पशु रोगको माहामारी

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका बिभिन्न वडाहरुमा पशु माहामारी देखिएको छ ।यसवर्ष लगातार परेको हिमापात र अत्यधिक चिसोको सामना गरेका उक्त स्थानका पशुचौपायामा रोगको संक्रमण देखिएको हो । सीमावर्ती लोमान्थाङ गाउँपालिकाको खर्कमा लामो समयसम्म भारी हिमपात पर्दा चरनक्षेत्रका सयौं चौरीयाक तथा भेडाबाख्राबीचमै थुनिएका थिए भने सयौको संख्यामा चौपाया मरेका थिए ।मौसम सुधार संगै सुरक्षित बासस्थानमा ल्याईएका चौपायाहरुमा पनि अहिले फेरी रोगको माहामारी देखा परेको हो । रोग लागेर दिनुह चौपाया मर्न… पुरा पढौ

हिमपातबाट सयौँ भेडाच्याङ्ग्रा र चौँरीगाई मरे

पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयौँ भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चौँरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका छन् । मुस्ताङका विभिन्न लेकका खर्कमा आइतबारसम्म करीब एक हजार भेडाच्याङ्ग्रा र सयौँको सङ्ख्यामा चौँरीगाई मृतावस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लोमान्थाङको… पुरा पढौ

हिमपातले मुस्ताङको खर्कका चौपाया दिनहु मर्दै

यसवर्षको लगातारको हिमपातका कारण उपल्लो मुस्ताङमा दिनहु चौपाया मर्ने क्रम रोकिएन ।स्थानीयबासीको मुख्य आर्यआर्जनको श्रोत मानिएको पशुपालन व्यवसायलाई चिसो र आहारको अभावले चौपाया मरेपछि यहाँका किसान चिन्तित बनेका हुन् । उपल्लो मुस्ताङका पशुपालक किसानले खर्कमै चौपाया हुर्काउछन् ।खर्कमै छाडिएका चौपाया हिउँदयाममा पनि गोठालाकै भरमा जिम्मा लगाईन्छ ।यस वर्ष सिमावर्ती क्षेत्र लगायत उपल्लो मुस्ताङमा सयौंको संख्यामा पालन गरिएका चौपाया हिमपातको प्रभावले मर्न पुगे । सीमावर्तीक्षेत्रमा अत्यधिक हिमपात र माईनस तापक्रम हुदा… पुरा पढौ

हिमपातले मरेका चौपायाको क्षतिपूर्ति देऊ : तुलाचन

यसवर्ष परेको लगातारको हिमपातको प्रभावले करोडौंका क्षति व्यवहोर्न पुगेका उपल्लो मुस्ताङ लगायत तल्लो मुस्ताङका पशुपालक किसानलाई आवश्यक क्षतिपूर्ति दिलाईदिन सरकार संग माग गरिएको छ । आईतबार प्रतिनिधि सभाको बैठकमा बिशेष समय लिएर बोल्दै संघीय सांसद प्रेमप्रसाद तुलाचनले मुस्ताङको कोरलानाका स्थित सीमावर्ती क्षेत्र आसपास र थासाङ गाउँपालिकाका दर्जनौ स्थानीय पशुपालक किसानको करोडौं मुल्य बराबरको याकचौरी तथा भेडाबाख्रा हिमपातका कारण मरेकाले क्षतिपूर्ति उपलब्ध गराउन सरकार संग माग गरेका छन्। दैवी तथा प्राकृतिक… पुरा पढौ