ताजा समाचार

कृषि

महिलाले सिके प्रांगारिक मल एवं जैविक विषादी बनाउने सीप

पोखरा १७ महतागौडा, सीतापाइला, लामातरा क्षेत्रका महिललाई प्रांगारिक मल एवं जैविक विषादी बनाउने तरिका सिकाइएको छ । सेवा नेपालले आइतबार आयोजना गरेको तालिममा करिब ४० जना सहभागी थिए । तालिमका सहभागीलाई प्रशिक्षक श्रीराम घिमिरेले कम्पोस्ट मल र गड्यौला मल बनाउने तरिका, जैविका विषादी बनाउने तरिका, पानीमा खेती, च्याउ खेती, झोल बनाउने तरिका लगायतबारे जानकारी दिएका थिए । कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले फोहोर व्यवस्थापनसहित मल उत्पादन हुने हुँदा… पुरा पढौ

पोखरामा पनि दूधको मूल्य वृद्धि, अब कति पर्छ ?

पोखरा दुग्ध प्रशोधन व्यवसायी संघको बैठकले शुक्रबार विभिन्न निर्णय गरेको छ । संघले दिएको जानकारी अनुसार बैठकले दूधको बजार मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । नेपाल सरकारले भदौ १९ गते गरेको निर्णय अनुसार दूधको बजार मूल्य कायम गरिएको जनाएको छ । जसअनुसार होल दूध प्रतिलिटर रु १ सय, स्टाण्र्डड दूधको मूल्य प्रतिलिटर ७६ र दही प्रतिलिटर रु १ सय ३० कायम गरिएको छ । नयाँ मूल्य शनिवारदेखि लागु हुने… पुरा पढौ

तरकारीको मूल्य घट्दो क्रममा, चाडपर्वमा पनि नबढ्ने

लामो समयसम्म बढिरहेको तरकारीको मूल्य अहिले भने घट्न थालेको छ । कहिले विषादी परीक्षण त कहिले बाढी पहिरोका कारण तरकारीको भाउ अकासिएको थियो । पोखराको कृषि उपज बजारले दिएको जानकारी अनुसार पछिल्लो समय भने तरकारीको मूल्य घट्दो क्रममा छ । अघिल्लो दिन (बुधबार) को तुलनामा बिहीबार पनि तरकारीको थोक मूल्य घटेको छ ।  पोखराको कृषि उपज बजार सञ्चालक समितिका पूर्व अध्यक्ष रामकष्ण दुवाडीले प्राकृतिक प्रकोपका कारण केही समय तयारी आयात… पुरा पढौ

दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढाइयो, बढेको मूल्यको ६९ प्रतिशत कृषकलाई

सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ । अब उपभोक्ताले एक लिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ । सरकारले उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको मूल्य यही भदौ २१ गते शनिबारदेखि लागू हुनेछ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन दुग्ध विकास संस्थानलाई आज पत्राचार गरेको छ । भोलि बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण शनिबारबाट लागू हुने गरी… पुरा पढौ

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन माग

दूध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले पत्रकार सम्मेलन गरी दूधको मुल्य बढाउन माग गरेको हो ।  विगत तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग गरेको हो । आफूहरुको उत्पादन लागतमा विगत तीन वर्षयता ३० प्रतिशतभन्दा बढी मुल्यबृद्धि भएको जनाउँदै दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने उनीहरुको… पुरा पढौ

भारतीय सेतो आलुमा ४७ प्रतिशत विषादी

पोखरामा भारतबाट आयात गरिएको सेतो आलुमा ४७ प्रतिशत विषादी मिसावट भएको भेटिएको छ । भारतबाट बिक्रीका लागि ल्याइएको सेतो आलुमा बिषादीको रोकावट दर ४७ प्रतिशतसम्म भेटिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले बताए । “विषादी रोकावट दर ३० प्रतिशतसम्म हुँदा खानयोग्य हुन्छ, ३० देखि ४५ प्रतिशतसम्म यसको मात्र बढी भएमा एक हप्ता जसो अप्जरवेसन गरेर मात्र खान सकिन्छ,” उनले भने, “त्योभन्दा माथिको प्रतिशत आएमा खान अयोग्य ठहरिन्छ,… पुरा पढौ

बीउबिजन विधेयक स्वीकृत

‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ । बैैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले स्थानीय जातका बिउबिजनको संरक्षण गरिनुपर्नेमा जोड दिए । सांसद घनश्याम खतिवडाले वर्णशंकर बीउले कृषिमा दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पारेकाले स्थानीय जातका बीउ संरक्षण गर्नुपर्ने बताए । ‘पहिले काँक्राको बीउ संरक्षणका लागि बियाँ भित्तामा टाँसेर… पुरा पढौ

महतगौंडा दोबिल्लामा मुख्यमन्त्री वातावरणमैत्री कृषि गाउँ

पोखरा महानगरपालिका वडा नं. १७ का महतगौंडा, दोबिल्लाका किसान खेतीपाती र पशुपालनमा व्यस्त छन् । परम्परागत रुपमा गरिरहेको खेती र पशुपालनलाई व्यावसायिक बनाउन सरकारी सहयोग पाएपछि उनीहरु हौसिएका हुन् । यहाँ सञ्चालित मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ मंगलबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले किसान कृष्णप्रसाद भण्डारीलाई कोदाली हस्तान्तरण गरी उद्घाटन गरे । उनले प्रदेशका हरेक निर्वाचन क्षेत्रमा १ नमुना कृषि गाउँ सञ्चालन भइरहेको बताए । मन्त्री थापाले… पुरा पढौ

हुने खानेको रोजाइमा ‘कोदो’

वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ । विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् । कोदोको उत्पादन घट्दै गए पनि यसको माग भने अत्यधिक बढ्दै गएको कास्कीको… पुरा पढौ

एभोकाडो पकेट क्षेत्र घोषणा

लायन्स क्लब अफ पोखरा आँगनद्वारा म्याग्दे गाउँपालिका वडा नं. २ संगको सहकार्यमा एभोकाडो पकेट क्षेत्र घोषणा गरेको छ । क्लवका अध्यक्ष रामनारायण श्रेष्ठले वडाध्यक्ष चन्द्रबहादुर रानाभाटलाई एभोकाडोको वृक्ष हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरे । गत वर्षको वृक्षरोपण कार्यक्रम अन्तर्गत उक्त वडामा रोपिएका एभोकाडोका बिरुवा राम्र्रोसंग हुर्किएसंगै वडा कार्यालयसंग सहकार्य गर्दै यस पटक ५ सय बिरुवा हस्तान्तरण गरिएको छ । कार्यक्रमले वडाबासीको आयआर्जनमा थप सहयोग पुग्ने क्लबको विश्वास छ । क्लवका… पुरा पढौ