कृषि

कृषिमा आधुनिकिकरण र व्यवसायी हुन आवश्यकः मन्त्री बराल

पोखरा १७, चैत गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कृषिमा आधुनिकिकरण र व्यवसायी हुन आवश्यक भएको बताउनु भएको छ । पोखरा २२ स्थित वडा स्तरिय कृषि संजालले विहिबार आयोजना गरेको कृषि सामाग्री वितरण गर्दै मन्त्री बरालले कृषिमा आधुनिकिकरण र व्यवसायी हुन आवश्यक भएको बताउनु भएको हो । परम्परागत कृषि प्रणालीले निर्वाहमुखी मात्र हुने हुदाँ कृषिलाई समय अनुसार प्रविधिको प्रयोग गरी कृषिबाटै व्यावसायीक हुने अबस्था सृजना गर्न सकिने… पुरा पढौ

बाँझो जग्गामा चक्लाबन्दी गरी व्यवसायिक खेती

व्यावसायिक कृषि उत्पादनका लागि वर्षौँदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गर्न थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गा एकीकरण गर्न चक्लाबन्दी कार्यक्रम सुरुआत गरिएको हो । त्यहाँका ७३ किसानको एक सय ५० रोपनी जग्गालाई चक्लाबन्दी गर्न लागिएको सयपत्री बहुउद्देश्यीय सहकारीले जनाएको छ । “पाँच सय गरामा बाँडिएको जग्गा अब ४३ ‘प्लट’मा झर्छ”, सहकारीका अध्यक्ष चिन्तामणि शर्माले भने, “दुई महिनामा चक्लाबन्दी गर्ने काम सकिन्छ ।” गण्डकी प्रदेशको भूमि व्यवस्था,… पुरा पढौ

चैते धानको बिक्रि गर्ने जिम्मा सरकारले लिनै पर्छः मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले किसानले उत्पादन गरेको चैते धान बिक्रिको जिम्मा सरकारले लिनु पर्ने बताउनु भएको छ । प्रदेशको अर्थ मन्त्रालयले विहिबार नवलपुरको कावासोतीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । छलफलको क्रममा नवलपुरमा किसानले उत्पादन गरेको चैते धान बिक्रि गर्ने मुख्य समस्या भएको कुरा सार्वजनिक भएसंगै मन्त्री बरालले किसानले दुःख… पुरा पढौ

गलकोटमा सहकारीको दूधलाई साढे २ रुपैयाँ अनुदान

बागलुङमा सहकारीमार्फत उत्पादनमा जोडिएका दुग्ध किसानले दूधमा प्रतिलिटर साढे दुई रुपैयाँ अनुदान पाउँदै आएका छन् । यसले गर्दा दुग्ध किसान उत्साहित भएका छन् । जिल्लामा सहकारीमार्फत जोडिएर बजारीकरण गर्दै आएका किसानलाई गण्डकी प्रदेश सरकारको बजेटअन्तर्गत भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गत वर्षदेखि प्रोत्साहनस्वरुप अनुदान दिन थालेको हो । आठ सहकारीमार्फत किसानलाई अनुदान दिइरहेको केन्द्रले जनाएको छ । अनुदान पाउनका लागि ती सहकारीले दैनिक २०० लिटर दूधको बजारीकरण… पुरा पढौ

पालिकाले दियो दूध किसानलाई अनुदान

कास्कीको माछापुच्छ«े गाउँपालिकाले कृषकलाई उत्पादनका आधारमा दूधमा प्रतिलिटर ५० पैसा अनुदान दिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्दा वास्तविक कृषकसम्म सरकारको सहयोग पुग्ने भएकाले सो कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा २५ लाख लिटर दूधमा अनुदान दिनका लागि १२ लाख ५० हजार विनियोजन गरेको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । गाउँपालिकाभित्र रहेका ६ दुग्ध उत्पादक सहकारी संस्थामार्फत सो अनुदान सम्बन्धित कृषकसम्म… पुरा पढौ

बाख्रापालनपछि साबुन उद्योग खोल्दै स्मार्ट सहकारी

पोखरा ८ सिद्धार्थचोकमा रहेको स्मार्ट उत्पादन सहकारीले पोखरा २२ पुम्दीभुम्दीमा बाख्रापालन सुरु भएको छ । चाडै दूध प्रशोधन केन्द्र र साबुन उद्योग खोन्ने तयारी भएको शनिबार आयोजित दोस्रो वार्षिक साधारण सभामा जानकारी दिइयो । ३ वर्षअघि स्थापना भएको यो सहकारीमा हाल १ सय २१ महिलासहित २ सय ८२ सेयर सदस्य छन् । सभामा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले सहकारीलाई लक्ष्य र उद्देश्य अनुरुप उद्यमीको संगठनको रुपमा सहकारी आवश्यक… पुरा पढौ

राजनीति गर्दा लागेको ऋण तिर्न अकबरे खेती

दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गण्डकी गाउँपालिका ४ फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधँै बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने उनी आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गरेको अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्छन् । अलिअलि कमाएको पैसा पनि राजनीति गर्दागर्दै सकिएपछि ऋण डुबेका भट्टले अहिले गाउँमै करिब १ सय १७ रोपनी क्षेत्रफल जमिन भाडामा लिएर अकबरे खुर्सानीको व्यावसायिक खेती थालेका… पुरा पढौ

विदेशबाट फर्किएर ड्रागन फ्रुट खेती

पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् । कोरियामा चार वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका हुन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूलखेती सुरु गरेका छन् ।उनले… पुरा पढौ

जापानबाट फर्केका घर्ती दम्पतीले ताराखोलामा सुरू गरे व्यावसायिक कालिजपालन

कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् । ताराखोला गाउँपालिका-२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बसेका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेका छन् । पाँच रोपनी जग्गामा नुवाकोटबाट उन्‍नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उनको… पुरा पढौ

स्याउ फार्मका कामदार नदी किनारमा मृत फेला

मनाङको एक स्याउ फार्मका १ कामदार नदी किनारमा मृत फेला परेका छन् । मंगलबार दिउँसो १२ बजे मनाङको निस्याङ गाउँपालिका ४ स्थित मस्र्याङ्दी नदी किनारमा क्षेत्रबहादुर गुरुङको शव फेला परेको हो । घोप्टो अवस्थामा शव गुरुङको शव फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गोरखाको गण्डकी गाउँपालिका २ घर भाएका उनी निस्याङ गाउँपालिका ५ सब्जे स्थित स्याउ फार्ममा काम गर्थे । उनी २६ गतेदेखि सम्पर्कमा थिएनन् । ४३ वर्षीय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं