Author Archive

एसइई दिन आएकी किशोरीको बसबाट खसेर मृत्यु

प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान प्यूठान नगरपालिका वडा नम्वर ७ पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नम्वरको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो । उक्त बसबाट खस्दा गम्भीर घाइते भएकी वडा नम्वर ६ लङ्कवाङ निवासी १८ वर्षीया सीमा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण ढकालले बताए । घाइतेलाई जिल्ला अस्पताल… पुरा पढौ

कोरोना नियन्त्रण गर्न अमेरिकाले नेपाललाई दियो २१ करोड

अमेरिकाले नेपाललाई कोरोना भाइरस अर्थात् कोभिड १९ रोकथामका लागि १८ लाख अमेरिकी डलर २१ करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ । काठमाडौैस्थित अमेरिकी दुतावासका अनुसार अमेरिकाले कोरोना रोकथाम बारे समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्न युएसएआइडीका चालु स्वास्थ्य कार्यक्रमहरूको विस्तार गर्न सहयोग प्रदान गरेको हो । कुल रकममध्येको झन्डै ११ लाख डलर कोभिड-१९ को रोकथामबारेमा समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्न… पुरा पढौ

अब मापसे जाँच नहुने

कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ । अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने तर पहिले जस्तो मेसिन लगाएर चेक नगर्ने ट्राफिक प्रहरीले जनाएको छ । मापसे जाँच गर्दा संक्रमण फैलिने जोखिम हुने भएकाले कोरोना भाइरसको महामारी अन्त्य नभएसम्मका लागि  मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि स्थगित गरेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी… पुरा पढौ

देशभरका सबै अदालत बन्द

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि २ साता बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च सर्वोच्च अदालत उच्च स्रोतले जानकारी दिएको छ । पुरा पढौ

सुनको मूल्यमा वृद्धि

हिजो तोलामा १५ सय रुपैंयाँ घटेको सुनको भाउ आज फेरि ५ सयले बढेको छ । बिहीबार तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला ७५ हजार ३ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

राष्ट्रिय सभाको बैठक स्थगित

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभाको बैठक अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको छ। सरकारले २५ जनाभन्दा बढी मानिस सहभागी हुने कुनै पनि बैठक, भेला आदि गर्न रोक लगाएको दुइै दिनपछि सो सभाका बैठक स्थगित गर्ने निर्णय गरिएको हो। कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिएका छन् । पुरा पढौ

बाँस्कोटाको घरमा विस्फोट गराएको आरोपमा थप ३ पक्राउ

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिएका छन् । गत फागुन २८ गते विस्फोट भएको थियो । सो दिन विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले नेत्रविक्रम… पुरा पढौ

म्याग्दीमा जीप दुर्घटनाहुँदा ९ घाइते,२ जना लाई पोखरा ल्याइयो

म्याग्दीको रघुगंगा गाउँपालिका-४ दग्नाममा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। दग्नामको कान्छीगाउँदेखि बेनी आउँदै गरेको ग२च ५९८८ नम्बरको जिप दग्नामको पानाकोट भन्ने स्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा दग्नामका सुकमाया गर्बुजा, भदेबी गर्बुजा ,हमाया पुन, मिन्जा पुन, युबी गर्बुजा, मनबहादुर तिलिजा ,बर्षा शेरपुन्जा ,तामिना शेरपुन्जा र अशिम गर्बुजा घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएकाको बेनीअस्पतालमा… पुरा पढौ

निर्भया बलात्कारका ४ दोषीलाई फाँसी

७ वर्ष अगाडी भारतीय युवती निर्भयालाई सामूहिक बलात्कार गर्ने चार जनालाई फँसी दिइएको छ । दिल्लीको तिहाड जेलमा रहेका उनीहरुलाई शुक्रबार बिहान ५ः३० बजे फँसी दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्तालाई फाँसी दिइएको हो । फाँसीपछि चारै जनाको शवलाई पोस्टमार्टमका लागि एक सरकारी अस्पतालमा लगिएको बीबीसी हिन्दीले जनाएको छ । शवको पोस्टमार्टमपछि उनीहरुको शव परिवारका सदस्यलाई जिम्मा लगाइने छ।… पुरा पढौ

कोरोनाबाट बचाउने भन्दै गहुँत खुवाउने भाजपा नेता पक्राउ

कोरोना भाइरसबाट बचाउने भन्दै गहुँत खुवाउने भारतीय जनता पार्टीका एक नेतालाई भारतको पश्चिम बंगाल राज्यको कोलकातामा प्रहरीले पक्राउ गरेको छ। उनले गहुँत खुवाएका एक व्यक्ति भने बिरामी परेर अस्पताल भर्ना भएका छन् । भाजपा नेता नारायण चटर्जीले सोमबार गाईको पूजा गर्ने कार्यक्रम राखेका थिए। त्यहाँ उपस्थित सबैलाई उनले गहुँत सेवन गराएका थिए। तर, पहिलो पटक गहुँत खाएका पिन्टु प्रमानिक नामक व्यक्ति भने बान्ता हुने, रिंगटा लाग्ने समस्या लिएर मंगलबार अस्पताल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं