Author Archive

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट धुलिखेल-२ मा सडक

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत धुलिखेल वडा नंबर २ को रबिमा छनोटमा परेका युवाले नमुना काम गरेका छन् । नगरपालिकाले आह्वान गरेको सूचना अनुसार आवेदन दिएका बेरोजगार युवाले वडा कार्यालय मार्फत आफ्नै गाउँको सडकमा नमुना ग्राभेल गरेका हुन् । उनीहरूले बनेपा देखि पाचखाल जोड्ने सडकखण्डको डुढामुख क्षेत्रमा लगभग ३ कि.मी सडकमा व्यवस्थित ग्राभेल गरेका छन् । वडा कार्यालयले जारी गरेको सूचनाअनुसार धुलिखेल वडा नंबर २ मा ९० जना युवाले रोजगार पाउँ… पुरा पढौ

आर्ट काउन्सिलमा द्वन्द्व पीडितको फोटो प्रदर्शनी शुरु

नेपाल कला परिषद् (आर्ट काउन्सिल नेपाल) बबरमहलमा न्यायको प्रतिक्षामा रहेका द्वन्द्व पीडितहरुको फोटो प्रदर्शनी आजदेखि सुरु भएको छ । आगामी असार २५ गतेसम्म चल्ने प्रदर्शनीमा १० वर्षे सशस्त्र द्वन्द्वका बेला यौन हिंसामा परेका, अंगभंग भएका, बेपत्ता पारिएका व्यक्ति र तिनका परिवारले भोग्नु परेको पीडालाई उजागर गर्ने फोटोहरु प्रदर्शनमा राखिएको छ । सशस्त्र द्वन्द्वकालमा भएका विभिन्न घटनाहरुबाट पीडितहरुको कथा प्रदशस्नीमा राखिएका फोटोमा झल्किन्छ । महिला कानून र विकास मञ्च (एफडब्लूएलडी) ले… पुरा पढौ

दिपक मनाङे पार्टी प्रबेश गर्दा योगेशलाई चिन्ता

सांसद राजीव गुरुङ अर्फ दीपक मनाङे नेकपामा प्रबेश गरेका छन् । गुण्डा नायकेको रुपमा चर्चित दिपक मनाङे मनाख (ख)  बाट निर्वाचित स्वतन्त्र सांसद रहेका मनाङे नेकपामा प्रबेश गर्दा यसले केही चर्चा पायो । गुण्डा नायकेको रुपमा अझै पनि मुद्धा झेलिरहेका उनलाई नेकपामा प्रबेश गराएपछि यसले नेपाली राजनीतिमा तरंग मच्चियो । आफैमा बिवादित छबी भएका मनाङेलाई नेकपामा प्रबेश गराईएपछि सामाजिक सञ्जालमा पनि यसको विभिन्न टिकाटिप्पणीहरु भईरहेका छन् । यस्तै समर्थन र… पुरा पढौ

ईपीएसमा पास भएकामध्ये आधा मात्र कोरिया जान पाउने

कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास भएएका थिए तर पास भएका जति सबै कोरिया जान नपाउँने भएका छन् । सन् २०२० मा दक्षिण कोरियाले ६ हजार ७ जना नेपालीलाई मात्र वैदेशिक रोजगारीका लागि लैजाने भएको हो ।यो वर्षका रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । जसमध्ये कोरियाको मानव संशाधन केन्द्रले ६ हजार ७ सय… पुरा पढौ

हिसिलाबाहेक सबैले छाडे बाबुरामको साथ

नयाँ शक्ति र संघीय समाजवादी विघटन गरेर बनेको समाजवादवादी पार्टीका नेता डा बाबुराम भट्टराईलाई श्रीमति हिसिला यमी बाहेक सबै पूर्व नेताहरूले साथ छाडेका छन । नयाँ शक्तिको नाममा सुरूमै आक्रामक प्रचार गरेर चर्चामा आएको बाबुरामको साथ छाड्ने लहर पाँच महिनापछि सुरू भएको थियो । अन्ततः बाबुराम आफैँले नयाँ शक्ति विसर्जन गरे । बाबुरामको संगतबाटै प्रेरणा मिलेर पढ्न थालेकी करिष्मा मानन्धरले एसइइ उत्तीर्ण गर्नुअघि नै साथ छाडिन र पछिल्लो  पटक उनको… पुरा पढौ

युवा नमुना संसदका लागि सबै भन्दा कान्छा प्रतिनिधि : बिष्णु

राष्ट्रिय युवा परिषदको आयोजनामा चालु आ.व. २०७५/०७६ मा सञ्चालन गर्ने संघीय नमुना युवा संसद अभ्यासका लागि नेपाल भरिबाट आवेदन दिएका युवाहरू मध्ये छनोट र परिषदबाट मनोनित भएका युवाहरु माझ सबैभन्दा कान्छा गुल्मीका बिष्णु प्रसाद पाण्डे परेका छन। नेपालभरि बाट छनोट र मनोनीतमा परेका २१ जना युवाहरु मध्ये बिष्णु सबैभन्दा कान्छा युवा हुन। उनको उमेर १७ बर्ष मात्रै हो। २०७६ असार २६ बाट सुरु हुने संघीय युवा संसदमा प्रतेक प्रदेशबाट ३… पुरा पढौ

लमजुङमा पाँच अर्ब ९० करोड लगानीमा फिल्म सिटी बन्ने

सरकारले लमजुङमा स्मार्ट फिल्म सिटी निर्माण गर्ने भएको छ । लमजुङको बेँसीसहर गाउँपालिकाको करिब पाँच हजार रोपनी क्षेत्रफलमा स्मार्ट फिल्म सिटी निर्माणका लागि प्रारम्भिक सहमतिपत्रमा बुधबार हस्ताक्षर गरिएको छ । फिल्म सिटी निर्माण पूरा हुँदा पाँच अर्ब ९० करोड रुपियाँ लगानी हुने छ ।वल्र्ड एरिया होल्डिङ एसआरएल इटाली र स्काई इन्टरटेनमेन्ट इन्भेस्टमेन्ट प्रालि नेपालको संयुक्त लगानीमा निर्माण गरिने फिल्म सिटीको हस्ताक्षर कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र सचिव… पुरा पढौ

प्रतीक्षालयमा सुतेका पुरुषको मृत्यु

मोरङको उर्लाबारी नगरपालिका–३ मा रहेको सार्वजनिक प्रतीक्षालयमा सुतेका एक पुरुषको मृत्यु भएको छ । अन्दाजी ४०/४५ वर्षको जस्तो देखिने पुरुष बुधबारराति प्रतीक्षालयमा सुतेको र उनको त्यहीं मृत्यु भएको प्रहरीले जनाएको छ । उनी केही समयदेखि सुनझोडा क्षेत्रमा मागी खाने व्यक्ति भएको पत्ता लागेको छ । सुतेकै प्रतीक्षालयमा बिहीबार बिहान मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले मृत फेला परेका पुरुषको नाम, थर र वतन नखुलेको जनाएको छ… पुरा पढौ

सरकारले दिने ४५ हजारले त मलाई चिया खान पनि पुग्दैन : दिपक मनाङे

 मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेद्वारका रुपमा विजयी गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले आज एक कार्यक्रमबीच उनलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि उनले आफू राजनीति परीक्षा दिए जस्तो सजिलो नभएको बताएका छन् । उनले आफू समाजको सेवा गर्नका लागि राजनीतिमा आएको बताउँदै भने, ‘सरकारले दिने ४५… पुरा पढौ

वडा सदस्य चेपाङमाथि गोली प्रहार

 धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ । गोली टाउकोमा लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको अवस्थामा उनलाई गोली हानिएको थियो । चितवनको राप्ती नगरपालिका १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारजनको आरोप छ । दुई महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने–२ जना चेपाङ किशोरीलाई बलात्कार प्रयास गरेपछि मुद्दा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं