Author Archive

ओलीको मन्त्रिपरिषदप्रति विश्वास छैन : नेता रिजाल

विदेशबाट भिडियो कन्फ्रेरेन्र्स मार्फत मन्त्रिपरिषदको बैठक गरेको बिषय सर्बत्र आलोचना भईरहेको छ यसैबिच नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट मन्त्रिपरिषदको बैठक गर्नुलाई आफ्नै मन्त्रिपरिषदप्रति विश्वास नभएको तर्क राखेका छन्। नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका रिजालले सरकार आफू असफल भएसँगै लोकतान्त्रिक मूल्य मान्यता पनि सिध्याउने चिन्ता रहेको बताए। वर्तमान सरकार पूर्ण असफल हुने ठोकुवा समेत गरेका छन्। कार्यावाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद् डाक्न… पुरा पढौ

राप्रपाद्वारा देशव्यापी प्रशिक्षण अभियान शुरु

राप्रपाले २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेसँगै सांगठनिक गतिविधिलाई तिव्रता दिँदै देशब्यापी प्रशिक्षण संचालन शुरु गरेको छ। गत साउनमा काभ्रेको धुलिखेलमा सम्पन्न भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रीय प्रशिक्षकहरु अहिले जिल्लास्तरीय प्रशिक्षणको निमित्त जिल्ला-जिल्लामा खटिएका छन्। भदौ महिनाभित्र सबै जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने योजनाका साथ अभियान सुरु गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बर्तौलाका अनुसार मोरङ, स्याङ्जा र धनकुटामा प्रशिक्षण सम्पन्न भइसकेको छ भने यो साताभित्र गोरखा, लमजुङ,… पुरा पढौ

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले निगरानी भइरहेको र नेपाली सेनाको विज्ञ टोली आएपछि त्यसलाई डिस्पोज गरिने प्रहरीले जनाएको छ । सो स्थानको पिखुला खोलामा प्रदेश सरकारको रु छ… पुरा पढौ

मसालको पोलिटब्युरो सदस्य थापा पार्टी बाट निष्कासित

अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापालाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ । ५ दशकदेखि पार्टीमा काम गर्दै आएका उनलाई पार्टीले गम्भीर आरोप लगाएर निस्कासन गरेको  हाे ।  भारतमा अखिल भारत नेपाली एकता समाजको विस्तारमा समेत महत्वपूर्ण योगदान दिएका उनलाई   ‘हाँक’ साप्ताहिकको प्रकाशक तथा प्रधान सम्पादकबाट समेत हटाएको छ । हाँक साप्ताहिकको स्वामित्वलाई लिएर मसालमा विवाद थियो । पञ्चायतकालमा व्यक्तिको नाममा दर्ता गर्नुपर्ने भएकाले पार्टीको मुखपत्र… पुरा पढौ

ट्युसन पढ्न गएका ७ जना बेहोस, एकजनाको मृत्यु

पाल्पामा ट्युशन पढ्न विद्यालयमा जाँदै गरेकी एकजना छात्राको बेहोस भएर मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला फाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षकले बताएका छन्। रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी उनी बुधबार विहान ८ बजे ट्यूशन पढ्न जाँदै गर्दा विद्यालय नजिकै बेहोस भएकी थिइन्। उपचारको लागि तानसेनतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो। उनीसँगै रहेका अन्य ६… पुरा पढौ

लामिछाने विरुद्ध फेरी अर्को मुद्धा दर्ता (यस्तो छ कारण)

न्यूज-२४ का पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता भएको छ ।न्यूज-२४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछाने विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उजुरी दर्ता गरेका हुन । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको  विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन । पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग… पुरा पढौ

नियम मिचेपछि मन्त्रीको गाडी माथि कारवाही

ट्राफिक नियम मिचेपछि काठमाडौंको नयाँ बानेश्वरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मन्त्रीको झण्डावाल गाडी बा २ झ ४८६२ नम्बरको गाडीले ट्राफिक नियम मिचेपछि सवैलाई नियम कानून बरावर हो भन्ने हेतुले ट्राफिक प्रहरीले ह्वील लक लगाएर कार्वाही गरेको हो । महानगरीय ट्राफिक प्रहरी मशाशाखाका प्रमुख एसएसपी बशन्त पन्तले मन्त्रीका चालक शीवराम थापालाई जथाभावी पार्किङ गरेको भन्दै कारवाही गरेको बताएका छन् । जथाभावी… पुरा पढौ

सुत्केरीलाई भाले उपहार

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो । सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गरेका हुन् । मङ्गलबार बलेफी गाउँपालिका–८ स्थित भीरकुनामा सुत्केरी महिलाका लागि पोषण सामग्री प्रदान गरिएको छ । वडा नं ८ का वडाध्यक्ष चरीबहादुर… पुरा पढौ

दुर्घटनामा परी तीन जनाको मृत्यु, २७ घाइते

जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् । त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र… पुरा पढौ

भट्टराई र रावलको चल्यो ट्वीटर दोहोरी

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलबीच ट्वीटरमा बहस चलेको छ । सुरुमा रावलले भदौ ७ गते टीकापुरमा भएको सभालाई डा. भट्टराईले सम्बोधन गरेको भिडियो युट्युबमा सुनेको भन्दै त्यसउपर कडा प्रतिक्रिया जनाए । उनले उक्त ट्वीटमा कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट होलान् ! भन्दै भट्टराईप्रति कटाक्ष गरेका थिए । ‘भाद्र ७ गते टीकापुर सभामा बाबुराम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं