
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन् । उनले पार्टी सभापतिबाट राजीनामा दिएको जानकारी दिए ।
पार्टीभित्र सिमित व्यक्तिको मनोमानी चलेको आरोप लगाउँदै सापकोटाले पार्टी छोडेको घोषणा गरेका हुन् । राणा शासन जस्तो गरी पार्टीलाई अगाडि बढाउन खोजिएको उनको गुनासो छ । पार्टीमा बोल्ने अधिकारसमेत नदिइएको सापकोटाको भनाइ छ ।
जनताको अभिमतलाई बेवास्ता गरिएकोसमेत बताउँदै आफूले राजीनामा दिएको सापकोटाले बताए । आफू अब स्वतन्त्र रहेको पनि उनले जनाए ।