मुस्ताङमा कांग्रेसको जित

मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै चुनिएका हुन् ।

गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।

योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् । २०७४ मा मुस्ताङमा वाम गठबन्धनबाट उम्मेदवार बनेका तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएका थिए । रोमी गौचनले भने ३ हजार १ सय ८१ मत प्राप्त गरेका थिए । जिल्लामा कूल मतदाता १० हजार ९५७ रहेकोमा ७ हजार २३० मत खसेको थियो ।