माछापुच्छे« गाउँपालिकामा चक्रपथ बनाउने वाचा

पाँच दलिय गठबन्धन अन्र्तगत कास्की क्षेत्र नं। ३ का उम्मेदवार रामजीप्रसाद बरालले आफूहरुले माछापुच्छे« गाउँपालिका चक्रपथ निर्माणमा ठोस पहल गर्ने बताएका छन् ।

बुधवार साँझ सोही गाउँपालिकाको वडा नं। १ टुसेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत रहनुभएका उम्मेदवार बरालले त्यस्तो बताएका हुन् । माओवादी नेता बरालले चक्रपथ निर्माणका लागि मर्दी र धिपाङ खोलामा मोटरेवल पुन निर्माण गर्ने उल्लेख गर्दै चाँडै नै रातोपहिरोको पुल सम्पन्न हुने पनि उल्लेख गरे । 

त्यसका साथै बरालले वडा नं। १ को काउरेवेसी सिचाई योजनालाई पूर्णता दिने, खुमई डाँडाको प्रवद्र्धन गर्ने, गाउँपालिका भर नै एक घर एक धारा अभियानलाई पूर्णता दिने, रुम्झा, करुवा, मिर्सा, कपुचे लगायतका क्षेत्र स्थित सडकको स्तरउन्नती गर्ने पनि जनाए । 

प्रदेशसभा ३ (१)का उम्मेदवार दुर्गादत्त भण्डारीले जनताको विकास प्रतिको चाँसोलाई गठबन्धनले उच्च महत्व दिने गरेको उल्लेख गर्दै माछापुच्छे गाउँपालिकालाई पर्यटन र कृषि मार्फत समृद्धितर्फ लैजाने वाचा गरे। उले नकांग्रेस नेतृत्वको अग्रगमनकारी गठबन्धनलाई विजयी गराउ आग्रह गर्दै ओली नेतृत्वको एमालले देशलाई उल्टो दिशातर्फ धकेलिरहेको पनि दाबी गरे । 

कोणसभामा कांग्रेस महासमिति सदस्य दिपक गुरुङ, सहिद परिवारको तर्फबाट मेषबहादुर गुरुङ, गठबन्धनका नेताहरु विरेन्द्र गुरुङ, जितबहादुर पुन, विश्वास पुन लगायतले पनि धारणा राख्नुहुँदै अत्याधिक मतले गठबन्धनका उम्मेदवारहरु बिजयी हुने जनाए ,। गठबन्धनको टोलीले बुधबार पोखरा २५ हेमजा एवम् माछापुच्छे« ८ का विभिन्न स्थानमा घरदैलो गरेको छ ।