एमाले-सजपा समीकरणको कसरत

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच बिहीबार साँझ छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सत्ता साझेदारी लगायत समसामयिक राजनीतिक विषय केन्द्रित भएको बताइएको छ ।

छलफल ‘सकारात्मक’ भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले भने, ‘नेकपा९एमाले० र जनता समाजवादी पार्टी९जसपा० का शीर्ष नेताहरूको प्रधानमन्त्रीसँगको भेटघाट सकारात्मक रहेको छ । भोलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ ।’

आफूहरुका मागमा प्रधानमन्त्री सकारात्मक रहेको जसपाका नेता लक्ष्मणलाल कर्णले बताए । उनले अबको वार्ता कार्यदल स्तरमा हुने जानकारी दिए ।

जसपाले संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीको रिहाई लगायतका शर्त राख्दै आएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न जसपाका पाँच शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका थिए।

भेटमा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायत सहभागी थिए।