कविता : नर्स तिमी

लडिरहेछन् जीवन शैयामा
हररात जाग्राम छौंं तिमी
बत्तीसँगै हेर्छ्यौं उनलाई
निस्पट अँध्यारोमा तिमी

अरुलाइ रात हुँदा यहाँ
दिन महसुस गर्छ्यौ तिमी
छटपटाइमा छन् शरीरहरु
नसामा उर्जा भर्छ्यौ तिमी

जीवन बाच्ने आशा राख्छन्
शैयामाथिका शिथिल मन
हातमा क्याप्सुल थमाउँदै
पिलाउछ्यौ सँगै जल तिमी

तिम्रो स्पर्श अनि मुस्कानले
प्रसन्न बन्छ्न ती घाइतेहरु
पीडामा मुस्कुराउँछ बिरामी
बाच्ने उर्जा बाड्छ्यौ तिमी

जीवन रक्षार्थ खटिरहन्छ्यौ
श्वेत सुकिला पहिरनमा तिमी
सदा सत्कर्म गर्ने दीर्घायुको
विज्ञानकी अप्सरा नर्स तिमी।

२०७६/९/२३