डा. साबका कविताहरु

झिनो आशमा अल्झिएको छ दिन
सपना सगै रुमल्लिएको छ रात
कयौ दिन अनि रात आगनबाट हराए
गन्तब्य भुलेसगै बिथोलिएको छ साझ ।

यदी जिन्दगीमा आश नहुदो हो
निद्रा आउँदा बास नहुदो हो
बाच्नको लागी छाती मात्रै चलेर कहाँ पुग्थ्यो र?
भित्र बाहिर गरिरहने सास नहुदो हो ।

सपनाहरु कती आए अनि कती हराए
कोहिले रातलाई एकोहोरो मन पराए
मरेर गए कती त कती अझै बाचेकाछन
कोहिले जिन्दगीलाई तहस नहस गराए ।

********

लुकाएर हेरेकोथिए जिन्दगी उदाङ्ग पारेर पनि हेरिसकेछु
जोडेर हेरेकोथिए सपना भातभुङ्ग पारेर पनि हेरिसकेछु।

खुशी नउडोस कतै भनी छोपेर राखेको थिए
हासो बतास झै नभागोस भनि रोकेर राखेको थिए
छोएर हेरेकोथिए समय चट्याङ झै झारेर पनि हेरिसकेछु
लुकाएर हेरेकोथिए जिन्दगी उदाङ्ग पारेर पनि हेरिसकेछु।

हेराइ पनि फेरेर हेर्दा जिन्दगी उस्तै देखियो
भोगाइ फरक हुँदा पनि नतिजा एउटै निस्कियो
छोपेर हेरेकोथिए अस्तित्व नाङ्गो पारेर पनि हेरिसकेछु
लुकाएर हेरेकोथिए जिन्दगी उदाङ्ग पारेर पनि हेरिसकेछु।

********

यादहरुको भारीले थिचिएछु म
अनगिन्ती रहरहरुबाट किचिएछु म
पाइला थकित छन साझ बिहान चकित छन
आफ्नै जिन्दगीको सिमानामा मिचिएछु म ।

घामको न्यानो भुलेर सितलता खोज्दैछु
आफ्नो ऐना भित्र अरुको आकृती रोज्दैछु
यात्रालाई पर्खाएर बिचैमा रोकिएछु म
यादहरुको भारीले थिचिएछु म ।

दोष ममा छ अरुलाई दोष दिदै हिड्दैछु
ढिलै भएपनी रातै परे पनि उज्यालोलाई चिन्दैछु
बेतोडले भाग्दा आफ्नै छायामा पोखिएछु म
यादहरुको भारीले थिचिएछु म ।

********