ताजा समाचार

श्रावण ३० गते २०७६

“परराष्ट्रका कर्मचारीमाथि निगरानी राख्नु पर्ने” नेता नेपालको माग

पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीलाई राष्टघातीको आरोप लगाएका छन् । हिजो बुधबार बसेको संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

नेता नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सिमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाए । दस्तावेजहरु लुकाएको भन्दै नै उनले कर्मचारीलाई राष्टघातीको आरोप लगाएका हुन् । उनले सरकारका कर्मचारीहरुबाटै दस्तावेजहरु लुकाईएको दाबी गरे ।

उनले भने “नेपालसंग सम्बन्धित जति पनि कागजपत्रहरु छन् की छैनन् ? त्यो सब लुकाउँन आवश्वक नै छैन। अरुले कुरा गर्छन् हामी लुकाएर राख्छौँ । कागपत्रहरु हराएको चोरीएका छन् यो गम्भीर कुरा छ”। उनले सरकारले अब परराष्ट्रका कर्मचारीमाथि निगरानी राख्नु पर्ने माग गरे । उनले भने “कसको देशभक्ती भरपर्दाे छ कसको देशभक्ती छैन ।कसको भूमिका र गतिविधि शंकास्पद छ त्यसको सबै निगरानी र जानकारी राख्नु पर्छ “। देशलाई जोगाउँन सरकारले यसमा कदम चाल्नै पर्ने बताए ।

साथै उनले कैलाली घटनाबारे सर्वत्र चर्चा भईरहदा पनि सरकार र सम्बन्धीत निकायले सम्बोधन नहुदा जिम्मेवार व्यक्ति र संस्थाको देशभक्ति माथिनै शंका उत्पन्न भएको टिप्पणी सिमा विवाद, विगतमा भएका असमान सन्धि सम्झौता, तटबन्ध, डुबान लगायतका समस्याको समाधान खोज्दा नेपालको हितमा कुठाराघात नहुने गरि खोजिनु पर्ने बताए । भारतकै कारण नेपालको तराई क्षेत्र बर्षेनी डुबानमा पर्दा नेपालले भन्दा पनि भारतले ठुलो आर्थिक दायित्व बहन गर्नु पर्ने तर्क गरे । उनले भने “यस्ता कुराहरु उठाउँदा भारत रिसाउँछ की भन्ने सोचिए हामी जस्तो कातर कोही हुने छैन”।