ताजा समाचार

वैशाख २९ गते २०७६

पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्छ

पूर्वसभामुख तथा नेकपा नेतृ ओनसरी घर्तीमगरले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै घर्तीमगरले सरकारले मिडियामाथि अंकुश लगाउन नमिल्ने बताएकी हुन्।

उनले मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उनले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै यदी विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने बताइन् । उनले मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उनले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै यदी विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने बताएकी हुन् ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश ५ अध्यक्ष समेत रहेकी उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पारिन् । उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने बताइन् ।मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुंगो लाग्न समय लागेको उनको भनाइ छ ।