वैशाख २२ गते २०७६

ताजा समाचार

वैशाख २२ गते २०७६

उपेन्द्रले सरकार नछाड्ने भएपछि बाबुराम सत्तापक्षमा



संघीय समाजवादी फोरम पार्टी नेपालले तत्कालै सरकार नछाड्ने भएपछि बाबुराम भट्टराई सत्तापक्षमा उभिने भएका छन् ।

नयाँ शक्ति पार्टी, नेपालसँग सोमबार पार्टी एकता घोषणा हुने भएकोले भट्टराईपनि स्वत सत्तापक्षमा भएका हुन् । फोरम अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारबाट बाहिरिने मनस्थिति बनाएका छैनन् ।

सरकारले आफूहरुसँगको दुई बुँदे माग पूरा नगरेकाले तत्काल सरकारबाट नबाहिरिने फोरमका एक जना नेताले बताए । उनका अनुसार सरकारमै बसेर हाम्रा माग पूरा गर्ने जनाईएको छ ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबीच लामो समयको कसरतपछि एकीकरण गर्ने सहमती भएको थियो ।भोली हुने एकतामा उपेन्द्रले मन्त्रीको हैसियतले सरकारलाई चेतावनी दिने बताइएको छ । भोलि समाजवादी पार्टीको २५ सदस्यीय पदाधिकारीको घोषणा हुनेछ ।