टेपले बेरिएका १५ सय दुर्लभ कछुवा लगेजभित्र देखिएपछि…

फिलिपिन्स प्रहरीले तस्करी हुन लागेको १५ सय लोपोन्मुख कछुवा लगेजभित्र फेला पारेका छन्। नोइ आक्विनो अन्तर्राष्ट्रिय विमानस्थलमा टेपले बेरिएको अवस्थामा १५ सय २९ दुर्लभ कछुवाहरु लगेज भित्र भेटिएका हुन्।

साढे ४ अर्ब पेसोसमा उक्त कछुवाहरु विक्रि गर्न लागिएको प्रहरीले अनुमान गरेका छन्। फिलिपिन्समा त्यस्ता एकमात्र कछुवा तस्करी गर्नेलाई दुई वर्षको जेल सजाए तथा २ लाख पेसोस जरिवाना हुन्छ।

यतिबेला ती कछुवाहरुलाई वन्यजन्तु तस्करी निगरानी एकाइमा बुझाइएको छ। घटनाबारे अनुसन्धान थालिएको छ।

ती कछुवाका मासु यौन शक्तिवद्र्धक औषधीको रुपमा प्रयोग गरिने बताइएको छ। यस्तै कछुवाको हड्डीहरुबाट अन्य दबाई बनाइने जनाइएको छ।

गत हप्तामात्र फिलिपिन्सबाट ३ हजार ३ सय सुंगुरको जस्तो नक भएको कछुवा मलेसिया तस्करी भएका थिए। तर, मलेसिया प्रहरीले ती कछुवाहरु नियन्त्रणमा लिन सफल भएका थिए।