दुग्धजन्य पदार्थ स्वच्छताका लागि निर्देशिका

सरकारले दूध तथा दुग्धजन्य पदार्थको स्वच्छताका लागि ‘दूध तथा दुग्धजन्य पदार्थकोस्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ लागू गर्ने भएको छ । 

कृषितथा पशुपक्षी विकास मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो । मन्त्रालयकाअनुसार नेपालभरका दूध उत्पादन, सङ्कलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरणलाईसमेट्न लागिएको छ । 

कृषितथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालका अनुसार दूधमा स्वच्छता एवं गुणस्तरकायम राख्न यस्तो कार्यविधि ल्याउनुपरेको हो । मानव स्वास्थ्यसँग जोडिएको विषयलाईगम्भीरताका साथ सम्बोधन गर्ने लक्ष्यका साथ कार्यविधि ल्याइएको जानकारी दिँदैमन्त्री खनालले दूध दिने जनावर स्वस्थ हुनुपर्ने, दूध दुहुने व्यक्तिको हातमाघाउ चोट तथा खटिरा नभएको तथा सङ्क्रामक रोग नलागेको हुनुपर्ने तथा पशु राख्ने गोठसफा हुनुपर्ने विषयलाई निर्देशिकामा समावेश गरिएको छ । 



निर्देशिकामासङ्कलन भएको दूध यथाशक्य अर्थात् दुई घण्टाभित्र चिस्यान केन्द्रमा पु¥याउनुपर्ने उल्लेख छ । यस्तै कुनै विषम अवस्थामा दूध चिस्यान केन्द्रमा पु¥याउन नसकिएमा काँचो दूधलाई५७ देखि ६८ डिग्री तापक्रममा तताएर तुरुन्तै चिसो पारी चिस्यान केन्द्रमापठाउनुपर्नेछ । 

दूधढुवानीका लागि प्रयोग गरिएका भाडा, क्यान आदि सफा गर्न पर्याप्त पानी र अन्य व्यवस्थामिलाउनुपर्नेछ । सङ्कलन केन्द्रमा सडक विद्युत्को सुविधा हुनुपर्ने तथा किसानलेदूध ल्याएका भाडा सफा गरेरमात्र पठाउने व्यवस्था गर्नुपर्नेसमेत निर्देशिकामाउल्लेख छ । दूध सङ्कलनका लागि आल्मुनियम वा स्टेनलेस स्टिलबाट बनेका भाँडा वाक्यानमा मात्र प्रयोग गर्नुपर्नेछ । 

यस्तैनिर्देशिकाले बिहानको दूध बिहानै र बेलुकाको दूध बेलुकै सङ्कलन गर्ने व्यवस्थामिलाउनुपर्नेमा जोड दिएको छ । दूधमा पानी तथा अन्य कुनै बाह्य पदार्थ मिसावट गर्नुहुँदैन र मिसावट भएको दूध खरीद बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । गुणस्तरबिग्रेको,फाटेकोवा बिगौती दूध चिस्यान केन्द्रमा लैजान पाइने छैन । 

यस्तैसङ्कलन भएको दूध गुणस्तर नबिग्रने गरी छिटो साधनद्वारा चिस्यान केन्द्र वा प्रशोधनउद्योगमा पु¥याउनुपर्ने, दूध ढुवानी गर्ने भाडा वाट्याङ्करको बिर्को राम्रोसँग बन्द गरिएको हुनुपर्नेछ । 

कार्यविधिमादूध चिस्यान केन्द्र, उद्योगतथा बिक्री केन्द्रलाई समेत नियमअनुसार सञ्चालन गर्नुपर्ने र मानव स्वास्थ्यलाईविशेष ध्यान दिइएको छ । चिस्यान केन्द्रबाट दूध प्रशोधन उद्योगस्म्म दूध ढुवानीगर्दा ढुवानी साधन वा ट्याङ्करमा सिल लगाउनुपर्नेछ । सरकारी निकायले त्यस्तो सवारीसाधनको सिल खोली दूधको स्वच्छता तथा गुुणस्तर अनुगमन गर्न सक्नेछ । 

डेरीउद्योग स्थापना गर्न चाहने व्यक्ति वा संस्थाले खाद्य नियमावली, २०२७ अनुसार तोकिएको सरकारीकार्यालयबाट डेरी उद्योग स्थापना गर्न सिफारिश लिनुपर्ने व्यवस्था निर्देशिकालेगरेको छ । 

यस्तैकामदारको सरसफाइलाई पनि विशेष ख्याल गर्नुपर्ने, तोकिएको स्वच्छता मापदण्डपूरा गरेको हुनुपर्नेछ । डेरी उद्योगले दूधको स्वच्छता र गुणस्तर परीक्षण, नष्ट वा फिर्ता गरिएकादूधलगायतका कच्चा पदार्थ खरीद गरेको स्रोत, परिमाण, गुणस्तरसम्बन्धी विवरणकोसमेत अभिलेख राख्नुपर्छ ।