उपल्लो मुस्ताङ अन्तर्गत लोघेकर दामोदरक्ुुण्ड गाउपालिकामा पहिलो पटक बिद्युत लाईन बिस्तार भएको छ ।गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले आफ्नो गाउपालिकाका ११ वटा गाउमा बिद्युत संम्पर्क जोड्ने लक्ष्य अनुसार ४ वटा गाउमा पहिलो चरणको बिद्युत बिस्तार भएको हो ।
लोघेकरका घिलिङ,घमी,स्याङ्वोचे र ढाक्मरगरी ४ गाउमा शुक्रबारदेखि बिजुलीबत्ती बल्न थालेको हो ।त्यस्तै,गाउपालिकाको चराङ र मराङमा समेत बिद्युत लाईन जडानको ८० प्रतिशत काम सम्पन्न भएको छ । नेपाल बिद्युत प्राधिकरणको ५ सय ५० थान पोल,१५ किलो वायरिङ तार र ४ वटा बिद्युत ट्रान्सफरमर सहयोग भएको हो ।प्राधिकरणले बिद्युतीय सामान उपलब्ध गराएपछि स्थानीय निलगिरी उपभोक्ता सहकारी संस्थाको रेखदेख र निगरानीमा बिद्युत बिस्तार गरिएको हो ।यसमा गाउपालिकाले बिद्युत पोल तथा ट्रान्सफरमर ढुवानी तथा बिद्युत जडानकार्यका लागि २० लाख खर्च गरेको छ ।
स्याङ्वचे र घिलिङमा १५ केभीए को ट्रान्सफरमर २ थान र घमी र ढाक्मरमा ५० केभीए को ट्रान्सफरमर २ थान जडान भएको छ ।शुक्रबार देखि लोघेकरका ४ गाउका करिव २ सय घरधुरी प्रत्यक्ष लाभान्गित भएका छन् ।अध्यक्ष बिष्टले भने, ‘चालु आर्थिक वर्षमा ४ गाउमा बिद्युत बिस्तार ग¥यौं,’अध्यक्ष बिष्टले भने,‘आगामी वर्ष पुरै गाउमा बिद्युत पू¥याउने लक्ष्यसहित अघि बढेका छौं ।गाउपालिकालाई झलमल्ल उज्यालो बनाउने सपनाको प्रारम्भिक सुरुवात भयो ।
स्थानीय निलगिरी उपभोक्ता सहकारी संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले सरकारको ग्रामिण बस्तीहरुमा बिद्युत बिस्तार गर्ने लक्ष्य अनुसार बिद्युत बिस्तार भएको बताए ।उनले स्थानीय बिद्युत प्रशारणकेन्द्र निलगिरी उपभोक्ताकै रेखदेख रहने गरी बिद्युत बिस्तार भएको जनाए ।साविक अनुसार मुस्ताङमा करिव ७ सय किलोवार्ड दैनिक बिद्युतखपत भईरहेको उल्लेख गर्दे कार्यालय प्रमुख थकाली लोमान्थाङ गाउपालिका सम्म बिद्युत पहुच पुगेमा १ हजार किलोवार्डको लक्ष्य पुरा हुने बताए ।
यसअघि जिल्लाको ३ स्थानीयतह बाहेक लोघेकर र लोमान्थाङ गाउपालिकामा बिद्युतको पहुच पुगेको थिएन् ।सरकारले उत्तरी कोरलानाका आसपासका बस्तीहरुमा बिद्युत सेवा पू¥याउने दिर्घकालिन लक्ष्य अनुसार बिद्युत बिस्तार भएको कार्यालय प्रमूख थकालीले बताए ।लोमान्थाङ गाउपालिकाको लोमान्थाङमा स्थानीय हाईड्रो पावर निर्माण भएपनि गाउले बिवादका कारण संञ्चालन बिहिन छ ।स्याङ्वोचेका स्थानीय आबु गुरुङले गाउमा बिद्युत सेवा बिस्तार भएपछि बिकास संम्भावनाको ढोका उघारिएको बताए ।‘सौर्य उर्जा र ईनभटरको सहयोगमा अहिले सम्म काम चलायौं,बिद्युत सेवा नहुदा संञ्चार सुविधा र अन्य घरेलु उधोगका कार्य गर्न बन्चित थियौ ,’उनले भने,‘गाउवासीमा उत्साह पलाएको छ ,अब आर्थिक स्वरोजगार मार्गहरुको ढोका खुल्ला भएको छ ।’उनले भने ।
मुस्ताङको टुकुचेमा १३.६ मेगावार्डको हाईड्रो पावर संञ्चालन छ ।तर,पर्वतको मिलनचोक देखि म्याग्दीको तातोपानी बितरणकेन्द्र हुँदै मुस्ताङ सम्म आउने केन्द्रिय प्रशारण लाईनमा पावर सन्तुलन हुन नसक्दा मुस्ताङवासीले लोड सेटिङ र बिद्युत समस्या भोग्दै आईरहेका छन् ।संञ्चालित थापाखोला हाईड्राको बिद्युत उत्पादन केन्द्रिय लाईनमा प्राविधिक समस्या आउदा उत्पादन बिहिन अवस्थामा रहने गर्छ ।डाईड्रोले १ हजार किलोवार्ड बिद्युत खपत भएमा मुस्ताङलाई मात्र पनि बिद्युत बितरण गर्न सक्ने जनाएपछि ग्रामिण बिद्युत बिस्तारको अवधारणा आएको प्रदेश सांसद महेन्द्रबहादुर थकालीले बताए । केन्द्रिय प्रशारणको भरोसामा स्थानीयले सास्ती पाईरहेको उल्लेख गर्दै स्थानीय हाईड्रोकै सहयोगमा बिद्युत समस्याको दिर्घकालिन निकास निस्कने उल्लेख गरे ।