रिपोटर्सको डायरी
एक हातमा लौरो टेक्दै जिल्ला अदालत जोमसोममा उम्मेदवारी दर्ता गर्दै थिए एक बृद्ध मानिस ।साधारण प्रकारको कोट ,टाउकोमा ढाका टोपी लगाएका ति बृद्धलाई निर्वाचनको रन्को लागिरहेको थियो।उनी कोही थिएनन्, घरपझोङ गाउपालिका २ मार्फाका नरबहादुर हिराचन थिए।यो एक वर्ष अघि भएको चुनावी कथा हो ।
संविधान सभापछिको दोश्रो निर्वाचनको समय हो ।निर्वाचनको रौनक देशभरी नै धपक्कै भएको थियो ।मुस्ताङमा पनि चुनावी माहोल गर्मिएको थियो ।हिराचन पूर्व पंञ्चको बहुदलपछिको पाटी राष्ट्रिय प्रजातन्त्र पार्टीमा थिए ।पछिल्लो समय उनका छोरा भूपेन्द्र हिराचन पार्टीको जिल्ला संयोजक बने ।बृद्ध व्यक्तित्व हिराचनलाई पनि निर्वाचनको रौनक लागि रहेको थियो ।पार्टीको बहुमत छैन ,तर उनले निर्वाचन जित्ने शाहस गरिरहेका थिए ।उनले प्रदेश सांसदको पदमा उम्मेदवारी समेत दिए ।उनी भन्दै थिए ।उम्मेदवारी फिर्ता हुन्न हुन्न,जितेरै छोड्छु ।राप्रपामा द्ई खेमा थियो ।मुस्ताङमा उनी संगै राप्रपा प्रजातान्त्रिकबाट प्रविण शेरचन पनि उठेका थिए ।पछि दुई पार्टी जनतामा जादा पार्टीलाई घाटा हुने भएपछि हिराचन ब्याक भए ।यहाँ पुरै एमालेका उम्मेदवारले जिते ।हिराचनको ढल्किएको उमेरमा यूवाको जस्तो शाहस र उनको व्यवहारले साच्चै उनी एक आदरणीय व्यक्तित्व नै हुन् ।दुईमत छैन ।
पत्रकारिता गर्दे म हरेक कार्यक्रम तथा सभासमारोहमा उपस्थित हुने गर्छु ।जहाँ जान्छु ,त्यस समारोहमा बुबा नरबहादुर हिराचनको उपस्थिती पाउछु ।नेटो काट्दै गरेको उमेरमा घाम तापेर नाती नातिना संग रम्नु पर्ने उमेरमा हिराचन जिल्लाको समग्र बिकास र गाउको सामाजिकार्यमा अग्रसर रहिरहे । हिराचन संग मेरो व्यक्तिगत सामिप्यता छैन ।तर उहालाई मैले जति बुझेको छु त्यही काफी छन् ।उहा साच्चैकै मुस्ताङ आईडल नै ह््ुन् ।तत्कालिन समय मुस्ताङमा कुनै आर्थिक बिकास र अहिले समृद्धि थिएन ।०१७ सालको सत्याग्रह आन्दोलन उहाले भोग्नु भयो,देख्नु भयो । राजा महेन्द्रले निर्दलीय पञ्चायत व्यवस्था लागु गरेका थिए ।उनी उ समय पञ्चायतका मुस्ताङबाट प्रतिनिधित्व गर्ने धुरन्धर हस्ती नै मानिन्थे ।यती मात्र होईन उनी नारायणहिटी दरबार संग पनि निकै नजिक थिए ।उनी २०३२ सालमा भर्खर ३६ वर्षको उमेरमा राष्ट्रिय पञ्चायतको सदस्य भए । त्यसपछि उनी २०३५ सालमा पूनः राष्ट्रिय पञ्चायत सदस्य बन्न पुगे ।राष्ट्रिय पञ्चायत सदस्यको दोश्रो कार्यकालमा हिराचन निर्माण तथा यातायात सहायकमन्त्रीको कार्यभार संम्हाल्ने अवसर प्राप्त गरेका थिए ।सो कार्यकालमा क्याबिनेट मन्त्री हरिशचन्द्र महतको कारणबश राजिनामापछि उनले केही समय क्याबिनेट मन्त्रीको कार्यभार संम्हाल्ने मौका पाए ।क्याबिनेट मन्त्री हुदा हिराचनले बाँके कोहलपूरको महेन्द्र राजमार्ग सडक निर्माण गरेका थिए ।
पूर्व मन्त्री हिराचन पञ्चालयतकालिन ३० वर्षिय शासनकाल अवधिमा पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्यमा नियूक्त भए ।यो पद राष्ट्रिय पञ्चायत सदस्य जक्तिकै मान्यता राख्थ्यो ।हिराचनको मन्त्री स्तरियकार्यकालमा उहाँले उत्तरी कोरलानाकाको तिब्बत संग मुस्ताङको व्यापारिक संम्वन्ध सुमधुर गरेका थिए ।संम्वन्ध बिस्तारपछि नेपालीहरु चीनको तिब्बती भूमीको ३० किलोमिटरक्षेत्र भित्र निर्वाध आवत जावत गर्ने सक्ने तथा खुल्ला व्यापार गर्न सक्ने व्यवस्था मिलाएका थिए ।प्रर्व मन्त्री हिराचन जिल्लाको कृषि अगुवा भएर यहाको स्याउलाई विश्व बजार सम्म चिनाउने कार्य गरे ।डाबर खेती संञ्चालनमा ल्याउने व्यक्ति पनि उनै थिए ।थाकपाच गाउ उद्दार समितिको संस्थापक सल्लाहाकार समेत रहेका हिराचनले लेतेको ज्ञानोदय मावि संञ्चालनका लागि उच्चपहल गरेका थिए ।सधै जिल्लामा रहेर निष्ठा र ईमान्दारिताको राजनिती गर्दै आएका गर्दै हिराचन यहाको बुहुआयमिक व्यक्तित्व हुन्।स्वर्गिय हिराचनको परिचय यतिले मात्र काफी छैन । कुशल निर्माण व्यवसायी,उद्योगी,कषि र सामाजिक व्यक्तित्व पनि हुन् ।
नरबहादुर हिराचन बुबाले फोला सहकारी संस्थाको कार्यक्रममा भनेका थिएकी मुस्ताङ लगायत नेपालमा बसोबास गर्ने अधिकाँश जनजाती तिब्बततर्फ नेपाल भित्रिएको र आर्यजातीहरु भारत वर्षबाट नेपाल प्रबेश गरेको उहाँको बुझाई थियो ।उमेरले नेटो काट्दै गरेपनि बुुबा हिराचन तन्नेरी जस्ता देखिन्थ्थे ।स्थानीय स्तरका गतिविधिमा उहाकै अंग्रणी भूमिका रहन्थ्यो ।तर,उहाको निधनको खबरले मुस्ताङ जिल्लालाई अपूरणीय क्षति पू¥याएको छ,जुन हामीले पूरा गर्न सक्तैनौ ।उहाको ७८ वर्षको उमेरमा शनिवार पोखरामा निधन भयो ।जन्मे पछि मृत्यू अवश्य छ ।धुब्रसत्य जस्तै,प्रत्येक प्रहरको दिनपछिको रात झै यतिबेला शिङ्गो मुस्ताङमा ग्रहण लागेको अनुभूती भईरहेको छ ।
जीवनको ८ दशक कालखण्डमा हिराचनको अपवादमा कसैले आलोचना र टिप्पणी गर्ने उहाले ठाउ दिनु भएन ।मुस्ताङको उनी एक मात्र हुन् जसले मुस्ताङमा किर्तिमानी कायम गरे ।जिल्लाबाट पहिलो मन्त्री भए ।यसपछि काग्रेशका रोमी गौचन शुशिलमान शेरचन ,कृष्णलाल थकाली मात्र मन्त्री बनेका छन् ।यसपछि यो स्थानमा कोही पुग्न सकेका छैनन् ।