मुस्ताङको एक्लेभट्टी पुल निर्माणमा दोषी को ?

मुस्ताङ,६ मंसिर
छिमेकी जिल्ला डोल्पा लगायत वारागुङ मूक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने शाङ्ता,धाकार्जुङ,फल्याक, पाक्लिङ लगायतका गाउ जोड्ने कालिगण्डकी नदीमा निर्माणधिन पक्की मोटरेबलको काम अलपत्र परेको छ ।एक वषअघि देखि पुलको कुनै काम अघि नबढ्दा स्थानीयवासीले प्राप्त गर्ने सेवा सूविधा समेत अन्योलमय बनेको हो ।

लामो समयदेखि पुल बन्ने छेकछन्द नदेखिएपछि स्थानीयवासीको धैर्यता टुट्न पुगेको छ ।पुल बन्ला र सहज यात्रा गर्न सकिएला भन्ने उनीहरुको सपना बेखबर बनेको हो । स्थानीयवासी तथा जनप्रतिनिधिको टोलीले कार्तिक २७ गते जिल्ला प्रशासन कार्यालय मुस्ताङलाई पुलको बिषयमा डेलिगेशन मार्फत ध्यानआर्कषण गराएका थिए ।उनीहरुको माग थियो, पुलको काम सुरु गर, कि ठेकेदारलाई कारबाही गर । काम नगर्ने र कारबाही पनि नगर्ने यस्तो अवस्थामा जिम्मेवार निकाय जवाफदेही रहनु पर्ने जनाउदै आगामी दिनमा काम नगरे कडा आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका थिए ।यसअघि पुलको काम सूचारु गर्नुपर्ने भन्दै स्थानीयवासी तथा जनप्रतिनिधिले पटक पटक जिल्ला प्राविधिक कार्यालय तथा जिल्ला प्रशासनमा ध्यानआर्कण गराएका थिए ।


’यता,पुलको बिषयमा स्थानीयवासीले उठाएको आवाजले गम्भिर ध्यानआर्कष भएको निर्माण कम्पनीले जनाएको छ ।पुल निर्माणको जिम्मा लिएको ईलाईट संकरमाली जेभीले आईतबार एक प्रेष बिज्ञप्ती जारी गर्दै पुल निर्माणमा ढिलाई हुनुको मुख्य कारण डोलिडार,एलआरपी र जिल्ला प्राविधिक कार्यालयको कमजोरी रहेको स्पष्ट पारेको छ ।जारी बिज्ञप्तीमा पुलका बिषयमा स्थानीयवासीले उठाएको उच्चसम्मान गरेको र यसमा निर्माण कम्पनीलाई एकतर्फी रुपमा पुरै दोष थुपारेर सरोकारवाला निकाय उम्कन नमिल्ने जनाएको छ ।बिना कुनै सुजबुझ भौगोलिक अध्ययन र माटो र पानीको प्राविधिक परीक्षण नगरी ठेक्का सम्झौता गरिएकाले निर्माणकार्यमा बाधा पुगेको कम्पनी आरोप छ ।

एक्लेभट्टी पुल निर्माणमा स्थानीयको दबाव बढेकाबेला निर्माण कम्पनीका प्रतिनिधिले यसको निश्पक्ष छानबीनको माग गरेका छन् ।ईलाईट कम्पनीका प्रतिनिधि सन्तोष थकालीले निर्माणकार्य ढिलाई हुनुमा प्राविधिक पक्षको ब्यापक कमजोर रहेको दावी गरे ।उनले पुल कहाँ र कसको कमजोरीले रोकिएको हो,यसको अध्ययन हुनुपर्ने भन्दै यदी छानबीनमा दोषि देखिए कारबाही भोग्न तयार रहेको स्पष्ट पारे ।‘दोषि देखिए जस्तो सुकै कारबाही भोग्न तयार छौं,तर,डिजाईन गर्ने निकाय डोलीडार,एलआरपि,प्राविधिक कार्यालय र संम्वन्धित पुलको बिज्ञ दोषि ठहरिए उचित क्षति उपलब्ध गर्नुपर्छ भन्ने हाम्रो माग हो।’थकालीले भने ।

यसअघि निर्माण कम्पनीलेले जियोलोजी तथा हाईड्रोलोजी परीक्षण नगरिकन डीपीआर तयार गर्दा अहिलेको समस्या झेल्नु परेको कम्पनीले जनाएको छ । सोयल टेस्टको पटक पटक प्रारम्भिक रिपोर्ट माग गर्दा समेत प्राविधिक कार्यालयले प्रस्तुत गर्न नसकेको प्रतिनिधि ठेकेदार थकालीले उजागार गरे ।उनले भने,जिल्ला प्राविधिक कार्यालयलाई दर्जनौ निवेदन चढायौ,कार्यालयले कुनै सुनुवाई गरेन बरु झुक्याउने काम मात्रै भयो ।’
निर्माण कम्पनीका प्रतिनिधि ठेकेदार सन्तोष थकालीले पुल निर्माणकार्यकै प्रारम्भिक चरणमा देखिएका समस्याहरु जिल्ला प्राविधिक कार्यालय ,डोलिडार र एलआरपीलाई लिखित र मौखिक जानकारी गराएको उल्लेख गरे ।उनले अबैज्ञानिक ढंगले पुलको डिजाईन सर्वे भएकाले ठुलो आर्थिक भार र सास्ती व्यवहोर्नु परेको दुखेसो जनाए ।समस्यालाई निवेदनसहित प्राविधिक कार्यालयमा पेश गरेपनि फाईल फरवार्ड गर्न कन्जुस्याई गरेको उनको भनाई छ । पुलका बिषयमा डोलीडोर र एलआरपी समेत गम्भिर नदेखिएकाले समस्या उब्जिएको थकालीको आरोप छ ।‘प्रारँिभक चरणमै समस्याहरु कार्यालयलाई उजागर गरायौं,त्यसबेला कार्यालयबाट पनि पीरमर्काको उचित संम्बोधन गर्ने आश्वासन पायौं ।तर,सबै सहमति उधारो रहदा हामीले काम अघि बढाउन सकेनौं ।‘ थकालीले भने ।

निर्माण कम्पनीका अनुसार बिभिन्न समस्याका बाबजुद ठेक्का सम्झौताको मर्म र भावनालाई व्यवसायिक दृष्ट्रिले काम संञ्चालन गरेको जनाएको छ ।जसअनुसार पुलको २ वटा एबुटमेन्ट र १ वटा पियर उठाउने काम संम्पन्न भएको छ ।सम्झौता सुरु गर्न पूर्व हाल देखिएका समस्याको प्राविधिक स्वंयम् आकलन गर्न नसकेको निर्माण कम्पनीले जनाएको छ ।प्रतिनिधि सन्तोष थकाले पुलको काम गर्न तयार छौ,तर हामीले भोगेको पीडा र क्षतिको सम्वोधन गर्न माग गरे ।एलआरपीले १० लाख क्षतिपूर्ति दिने जनाएपनि पर्याप्त नभएको बताए ।उनले पुलको माथि राखिने फलामे मेट्रियलको समेत बुकिङ गरेको जानकारी दिए ।

स्थानीय स्तरमा सडक मोटरेबल पुल तथा सामूदायिक पहुच सुधार परियोजना अन्तर्गत स्थानीय पूर्वाधार बिकास तथा कृषि सडक बिभाग (डोलिडार) को आर्थिक बिनियोजनमा पुलको योजना परेको हो ।पुलको २०७२ सालमा पहिलो ठेक्का आह्वान गरिएको हो ।तर, भूकम्प र नाकाबन्दीको कारण पुलको योजना १८ महिनापछि धकेलिएको थियो ।दोश्रो पटक २०७३ सालमा ईलाईट शंकरमाली जेभी संग लोकल रोड ब्रिज प्रोग्रामको जेलिङ्गर कन्टक्सनले १० करोड ४० लाखमा ठेक्का सम्झौता भएको हो ।पुलको लम्बाई १ सय २० मिटरको छ ।