कोरोना संकट र विवादबारे छलफल गर्न नेकपा सचिवालय बैठक

सत्तारुढ नेकपाले भोलि दिउँसो ४ बजे सचिवालय बैठक बोलाएको छ । पार्टीभित्र केही विषयमा विवाद भएकै बेला प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गर्नुपरेपछि ती विवाद थाती नै छन् ।

शीर्ष नेताहरुले लगातार दाबाब दिएपछि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मगंलबार दिउँसो ४ बजे केन्द्रीय सचिवालय बैठक बोलाएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् । संकटमा पार्टीमा सल्लाह नगरी ओलीले एकलौटी निर्णय गरेको, विभिन्न काममा सरकार विवादमा परेको भन्दै शीर्ष नेताहरुले बैठक माग गरेका थिए ।

नेकपामा एमसीसी पास गर्ने कि नगर्ने, नेता बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद छ । यस्तै, सरकारमा पार्टीको भूमिका र संकटमा सरकारको कार्यशैलीबारे पनि छलफल हुन सक्ने बताइएको छ ।