ताजा समाचार

फागुन ४ गते २०७५

पोखरामा नेपाली मेडिसिटीको हाडजोर्नी र स्त्रीरोग जाँच

पोखरामा शुक्रबार र शनिबार पोखरामा निशुल्क हाडजोर्नी तथा स्त्री तथा प्रसूति रोग परामर्श शिविर भएको छ ।

शिविरमा नेपाल मेडिसिटी अस्पताल सैन्बु, भैसेपाटीका कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन डा. राज राणा र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुप्रिया पाण्डेले बिरामीलाई परामर्श र दिएका छन् ।

सत्य साई सेवा संगठन नेपालको राष्ट्रिय महिला सम्मेलनको अवसरमा शिविर भएको हो । विविध गतिविधिका साथ सम्मेलन सकिएको सत्य साई सेवा संगठन नेपाल गण्डकी प्रदेश अध्यक्ष राजेन्द्र कायस्थले बताए । नेपालीमा घुँडा, जोर्नी र स्त्री तथा प्रसूतिसम्बन्धी समस्या जटिल र विकराल रहेकाले मेडिसिटीले देशैभर यस खालका शिविर गरिरहेको अस्पतालमा महाप्रबन्धक विजय रिमालले बताए ।

शनिबार पर्वतको कुश्मा शिविर हुँदै छ ।